अफगानिस्तान विरुद्ध १ सय ९६ रनको लक्ष्य पछ्याउँदै नेपाल

1113
views

काठमाण्डौ, १०, श्रावण । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले शतकीय पारि खेलेपछि नेपाललाई अफगानिस्तानले १ सय ९६ रनको लक्ष्य दिएको छ । आइसीसी यू–१९ विश्वकपको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले सो लक्ष्य पाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेकोे अफगानिस्तानलाई नेपालले ४६.५ ओभरमा अलआउट गर्दै १ सय ९५ रन मा रोकेको छ। शतकिय पारी खेल्नेक्रममा ओपनर भद्रानले १ सय १४ बलको सामना गर्दै १ सय १ रन बनाए। आफ्नो पारीमा जद्रानले ७ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै, अफगानिस्तानका इकरम अलि खिलले २४ तथा नबिद ओबेदले २२ रन जोडे।
नेपालका लागि साहब आलमले ४ विकेट लिए। ८.५ ओभरको स्पेलमा उनले १ ओभर मेडन राख्दै ३० रन खर्चिका थिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ३ तथा सन्दिप लामिछाने र पवन शर्राफले समान एक विकेट लिए ।
प्रतियोगिताको विजेताले अर्को बर्ष हुने यू–१९ विश्वकपमा सहभागिता जनाउन पाउने प्रावधान छ । डबल राउण्ड रोबिनको आधारमा खेलाईएको खेलमा अफगानिस्तान विरुद्धको पहिलो खेलमा नेपाल १ सय ४१ रनको फराकिलो अन्तरले पराजित भएकाले नेपालको विश्वकपमा छनौट हुने झिनो आशा छ ।