बाँदर आतंक रोक्न काँग्रेस सांसदले चलाए संसदमै बहस

1136
views

काठमाण्डौ, १५, श्रावण । जनतालाई बाँदर आतंकले हैरानी पारेको भन्दै नेपाली काँग्रेसका सांसद कमल प्रसाद पंगेनीले संसदमै बहस उठाएका छन् । पंगेनीले बाँदरले किसानलाई पु¥याएको क्षति रोक्न र बाँदर आतंकबाट पीडित किसानलाई क्षतिपुर्ती दिलाउन सरकारसँग माग समेत गरेका छन् । आइतबारको संसद बैठकको विशेष समयमा स्याङजा क्षेत्र नं २ बाट निर्वाचित सांसद पंगेनीले स्याङ्जा, पर्वत, पाल्पा, तनहुँ, कास्की, लमजुङ, लगायतका जिल्लाहरुमा बाँदरले खेतीबाली नष्ट गरेको भन्दै बाँदर नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।
संसदमा बोल्दै पंगेनीले भने ‘स्याङ्जा, पर्वत, पाल्पा, तनहुँ, कास्की, लमजुङ, ललितपुर, काभ्रेसहित देशका अधिकांश जिल्लाहरुमा किसानहरुले लगाएको बाली, तरकारी, फलफूल समेतलाई बाँदरले हानी नोक्सानी र्पुयाउँदै आएको छ । बाँदरले एकप्रकारले आतंक सिर्जना गरेको छ । किसानहरुको मेहनत र परिश्रमबाट उत्पादित, अन्नबाली तरकारी र फलफूलमाथि बाँदरले राज्य गर्न थालेपछि किसानहरु हैरानीमा परेका छन् ।’ पंगेनीले बाँदर आतंक नियन्त्रण र क्षति उपर राहत र क्षतिपूर्तिको व्यवस्थासमेत ऐनमा नहुँदा किसानहरु मर्कामा परेको बताए । पंगेनीले नेपाल सरकार तथा सम्पुर्ण जिम्मेवार निकायले बादर आतंक रोक्न पहल गरी पिडीत किसानलाई क्षतिपुर्ती दिन माग गरेका छन ।