पर्वत जिशिकाको वेबसाईडमा पाल्पाको सूचना

757
views

महेन्द्र जिसी
वार्षिक ४० देखी ५० हजार खर्च गरेर निर्माण गरीएका सरकारी निकायका वेब साईट अपडेट छैनन । जिल्ला शिक्षा कार्यालय पर्वतको वेब साईडमा वर्षौदेखी पाल्पाको तथ्यांक रहिरहेको हो ।
जिल्लाका सरकारी निकायले सम्पादन गरेका काम तथा विभागले पालना गरेको नीति निर्देशन सार्वजनीक गर्न वार्षिक ४० हजार खर्च गरेर अनलाईन साईड गराएको भएपनि अनलाईन चलाउने दक्ष जनशक्तिको अभावमा वेब साईडहरु आपडेट हुन नसकेको हो ।
गत वर्ष जिल्ला शिक्षा कार्यालयले ४० हजार खर्च गरेर निर्माण गरेको साईडको व्यवस्थापन गराउन नसक्दा पर्वत जिल्लाको वेब साईटमा पाल्पा जिल्ला शिक्षा कार्यालयको तथ्याँक भेटिने गरेको छ । जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले जिल्लामा जनशक्ती नभएका कारण विभागलाई वेब साईट अपडेट गर्न जिम्मा दिएकोमा नभएको बताउनु भयो ।
विभागमा पनि ईमेल ईन्टरनेट सम्बन्धि जनशक्ती नरहेका कारण व्यस्थीत गराउन नसकीएको पौडेलले बताउनु भयो । जिल्लालाई ईन्टरनेट मार्फत अध्यापन गराउने, आईसीटी कक्षा सञ्चालन गराउने अभियान थालेको निकाय नै ईन्टरनेटमा अब्बल नहुँदा पाल्पाका जानकारीहरु पर्वत जिल्लाको शिक्षा कार्यालयको वेब साईडमा देखीने गरेको छ । कार्यालयले प्राविधिक तर्फ खर्च मात्र गर्ने गरेको छ ।