भरतपुर १९ मा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको फैसला

655
views

काठमाडौँ, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ । मतपत्र च्यातिएपछि उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् ।

भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको हो । सर्वोच्च स्रोतका अनुसार, सर्वोच्चको फैसला अहिले केहीबेरमा सार्वजनिक हुँदैछ ।