चीनले नयाँ प्रस्ताव राखेको ओलीको खुलासा

658
views

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीन सरकारले नेपालसँग नयाँ प्रस्ताव राखेको खुलासा गरेका छन् । साता लामो तिब्बत भ्रमणबाट फर्किएका अध्यक्ष ओलीले सो कुराको खुलासा गरेका हुन् ।
तिब्बत भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँग भेटवार्ताका क्रममा दुवै देशका उत्ततर्फका सिमानाहरु खोल्ने विषयमा गम्भीर छलफल भएको उनले स्पष्ट पारेका छन् ।
चीनको तिब्बतसँग नेपालतर्फबाट जोडिएका अधिकांश नाकाहरु खोल्ने विषयमा तिब्बत सरकारले कुरा उठाएको समेत उनले खुलासा गरेका छन् । सोमबारको अन्नपूणृमा लेखिएको छ, चिनियाँ पक्षले सिन्धुपाल्चोकको तातोपानी, ताप्लेजुङको ओलाङचुङगोला र रसुवाको रसुवागढी लगायतका नाकाहरु खोल्ने सहमति दिएको उनले बताएका छन् ।