नेपाल टेलिकमले रु.१००० मा एक एमविपिएस स्पिडको एडिएसएल ईन्टरनेट उपलब्ध गरायो

2203
views

नवदृष्टि संवाददाता
पर्वत, १६, श्रावण । नेपाल टेलिकमले आजदेखी जीएसएमरसीडीएमए तथा एडीएसएलरएफटीटीएच सेवाका ग्राहकहरुका लागि मासिक रु. १००० मा एक एमविपिएस ईन्टरनेट सेवा उपलब्ध गराएको छ । टेलिकमले ग्राहकलाई मध्यनजर गर्दै यस्तो अफर ल्याएको हो । आजदेखी लागू भएको यो अफर ९० दिनसम्म उपलब्ध हुने जनाइएको छ । अफर अन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक एक हजारमा उपलब्ध गराउने भएको हो । पहिले मासिक १ हजार रुपैयाँमा २५६ केबीपीएस, रु. १६९५ मा ५१२ र रु. ३०५१ मा ७६८ केविपिएस गतिको एडीएसएल उपलब्ध गराउँदै आएको थियो । अब भने रु. १००० मा नै यो एक एमविपिएस एडिएसएल प्राप्त गर्न सकिने भएको छ । त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटा ३०० रूपैयाँमै उपलब्ध हुनेछ । त्यसैगरी २५ जीबी डाटाको पाँच सय र ४० जीबीको डाटाको मूल्य ७ सय मात्र तोकिएको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ । त्यस्तै दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक पाँच सय रहेकोमा भोल्युम बेस्ड डाटाको लागि कर वाहेक दुई सय र र अनलिमिटेड डाटाको लागि ३ सय मात्र दर्ता शुल्क तोकिएको छ । यसअनुसार १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।