पहिरोले घर पुर्दा एकै परिवारका चारको मृत्यु

582
views

नवदृष्टि संवाददाता
सिन्धुली, २८, श्रावण । सिन्धुलीको कमलामाई नगरपालिका–६ मा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्युभएको छ । पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको हो । मृत्यु हुनेमा २७ बर्षिय दुर्गा कुमारी खड्का, बर्ष १५ की शोभा खड्का, १० वर्षिय अनिस खड्का र आठ बर्षकी मनिष खड्का रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेका परिवारको ज्यान लिएको हो । सुतिरहेका मध्ये केही भागेर ज्यान जोगाउन सफल भएका छन् । शुक्रबार करिव २ बजेतिर पहिरो आउँदा परिवारका चारजनालाई पुरेको उदय खड्काले बताए । ‘जिल्ला प्रहरी कार्यालयले भवन बनाउदा माटो थुपारेपछि सम्भावित घट्नालाई मध्य नजर गर्दै पत्रकार महासंघ सिन्धुलीले जिल्ला प्रहरी कार्यालयलाई बारम्वार हटाउन अनुरोध गरेपनि प्रहरीले बेवास्ता गरेको स्थानीयको आरोप छ ।