दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी हेडक्वार्टर मधेसमा 

570
views

काठमाडौं १८ साउनस् दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ुहेडक्वार्टरु नै मधेसमा राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत शीर्ष नेता निर्वाचन अवधिभर मधेसमा रहने गरी पार्टी ुहेडक्वार्टरु मधेसमै राख्न लागिएको हो। माओवादी केन्द्रले सोमबार र मंगलबार चुनावी रणनीति तय गर्न आयोजना गरेको प्रशिक्षण पछि ुहेडक्वार्टरु नै मधेसमा परिचालित हुने गरी कार्यक्रम बनेको दुई नम्बर प्रदेशका संयोजक विश्वनाथ साहले जानकारी दिए ।
अध्यक्ष दाहाल, वरिष्ठ नेता श्रेष्ठ र थापालगायत नेता भदौ पहिलो सातादेखि मधेसमै केन्द्रित हुनेछन् । पार्टी बैठक र प्रशिक्षण सकेर मंगलबार काठमाडौं फर्के पनि नेता फेरि एक सातापछि नै मधेस झर्ने योजना बनेको छ । ुअध्यक्षलगायत शीर्ष नेता चुनाव हुने दिनसम्मै मधेसमै बाक्लो उपस्थिति जनाई परिचालित हुनुहुन्छु, साहलले अन्नपूर्णसँग भने ।
दाहाल, श्रेष्ठ र थापा मात्रै होइन, दुई नम्बर प्रदेशका आठै जिल्लामा जिल्लाले मागेका जुनसुकै शीर्ष नेतालाई जिम्मेवारी नै तोकेर परिचालन गर्ने योजना पनि माओवादीले बनाएको छ ।ुमुख्य तीन नेताबाहेक अन्य शीर्ष नेतालाई कुनै पनि जिल्लाले माग गरे ती नेतालाई त्यहीँ परिचालन गर्ने योजना बैठकले बनाएको दुई नम्बर प्रदेशका अर्का एक माओवादी पोलिटब्युरो सदस्यले बताए ।
( एक साताभित्रै उम्मेदवार टुंग्याउने
( जिल्लाले माग गरेका शीर्ष नेतालाई जिल्लामै पठाउने
( रणनीतिक सभामा जोड दिने
( एमालेसँग प्रतिस्पर्धा, कांग्रेस तथा मधेसी दलसँग तालमेल
केन्द्रीय राजनीतिका लागि आवश्यक वार्ता र संवाद र केन्द्रीय कार्यक्रममा बाहेक नेताहरू मधेसमा रहने गरी योजना बनेको छ । ुअध्यक्षको काठमाडौं आवतजावत भइरहे पनि अन्य प्रायः शीर्ष नेता मधेसमै रहने गरी पार्टीले सोचेको छु, साहले भने ।
एक सातामा उम्मेदवार टुंगो लगाउने
माओवादी केन्द्रले एक साताभित्रै दुई नम्बर प्रदेशभित्रका सबै स्थानीय तहका उम्मेदवार चयन गरिसक्ने निर्णय गरेको छ । उसले ५० प्रतिशत स्थानमा यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको र बाँकी स्थानमा पनि सहमतिका आधारमा उम्मेदवार चयन गर्ने नीति बनाएको छ ।
ु२५ साउनभित्रै हामी उम्मेदवार चयन गरिसक्छौं,ु साहले भने, ु५० प्रतिशत स्थानमा गरिसकेका छौं, बाँकीमा पनि सर्वसम्मतका आधारमा चयन गर्ने योजना छ, नमिलेका स्थानमा मात्रै माथिल्लो कमिटीमा सिफारिस गरी एक सातामै सबै टुंग्याउने योजना छ ।ु
रणनीतिक सभामा जोड
ठूला चुनावी सभालाई भन्दा रणनीतिक कार्यक्रम र सभालाई जोड दिने योजना पनि माओवादीले बनाएको छ । कतिपय स्थानमा रणनीतिक व्यक्ति र संगठनलाई पार्टी प्रवेश गराउने गरी उसले कार्ययोजना बनाएको छ । सर्लाहीमा पूर्वजनप्रतिनिधिलाई यसै साता पार्टी प्रवेश गराउने र त्यहाँ ठूलै चुनावी सभा गर्ने योजना माओवादीको छ ।
एमालेसँग प्रतिस्पर्धा, कांग्रेस तथा मधेसीसँग तालमेल
माओवादी केन्द्रको साउन पहिलो साता बसेको पार्टी सचिवालय बैठकले नै संघीयता, धर्मनिरपेक्षताविरोधी शक्तिसँग चुनावी तालमेल नगर्ने योजना बनाएपछि उसले दुई नम्बर प्रदेशमा त्यस्ता शक्तिको पहिचान गरी तालमेल नगर्ने निर्णय गरेको छ ।एमाले संघीयताविरोधी भन्दै माओवादीले उसँग तालमेल नगर्ने तर कांग्रेससँग भने कतिपय स्थानमा तालमेल गर्ने योजना बनाएको छ ।
तालमेलका लागि पहिलो प्राथमिकतामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, दोस्रोमा राजपा र तेस्रोमा कांग्रेसलाई प्राथमिकतामा राख्नु माओवादीको निष्कर्ष छ ।