अमेरिका अफगानिस्तानमा पनि असफल

634
views

काठमाडौं, २०, श्रावण । अमेरिकी सेना अफगानिस्तानकोे गृहयुद्ध अन्त्य गर्न असफल भएको स्वीकारोक्ती राष्ट्रपति ट्रम्पले गरेका छन् । अफगानिस्तानको गृहयुद्ध निमन्त्रणमा आएको र अफगानिस्तानी सेनाले नै नियन्त्रण गर्न सक्ने भन्दै अमेरिकी गठबन्धनका सेना फिर्ता भएका थिए । त्यस लगतै त्यहाँ गृहयुद्ध झन चर्किएको थियो । सानो संख्यामा गठबन्धन सेना अफगानिस्तानमा कार्यरत छन् । १६ वर्षदेखीको गृहयुद्ध नियन्त्रण गर्न नसकेको भन्दै ट्रम्पले सैन्य कमाण्डरलाई बर्खास्त गर्ने तयारी गरिरहेको एजेन्सीहरुको दाबी छ । १२ हजार ४ सय अमेरिकी सेना अफगानिस्तानमा कार्यरत छन् । त्यसमध्ये ४ हजार यसैवर्ष थपिएका हुन् ।