पर्वत जिससमा आन्तरीक श्रोत मार्फत सुविधा भोग गर्ने कर्मचारीको व्यवस्थापन हुन सकेन

689
views

महेन्द्र जिसी
पर्वत, २०, श्रावण । स्थानीय तह कार्यान्वयमा आएको पाँच महिना पुग्दा पनि जिल्ला समन्वय समिति पर्वतले कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । आयोगले स्थानीय तहमा कार्यान्वयनको लागि चालु अर्थिक वर्षको सुरुमै कर्मचारीलाई स्थानीय तहमा खटाउन निर्देशन गरेको भएपनि जिल्ला समन्वय समिति पर्वतले कर्मचारी व्यवस्थापन गराउन नसकेको हो ।
समन्वय समितिले प्राविधिक शाखाका कर्मचारी स्थानीय तहमा खटाईसकेको भएपनि स्थानीय निकायका कर्मचारी व्यवस्थापन नगरेको हो । तीन अधिकृत सहित दशजना कर्मचारीले स्थानीय श्रोत मार्फत तलव सुविधा लिँदै आएको भएपनि कर्मचारी समितिले कर्मचारी व्यवस्थापन गराउन सकेको छैन ।
दरबन्दी नभएका कर्मचारीहरु व्यवस्थापन नगरीएको समन्वय समितिले जनाएको छ । साउन १५ सम्म सबै स्थानीय निकायमा कर्मचारी खटाईसक्नुपर्ने भएपनि समितिको किचलोको कारण कर्मचारीहरु स्थानीय तहमा नपुगेको कार्यालयले जनाएको छ । स्थानीय विकास अधिकारी विष्णु प्रसाद भुसालले स्थानीय श्रोत मार्फत सेवा सुविधा लिईरहेका कर्मचारीहरुको सम्बन्धमा ठोस निर्णय नआएका कारण व्यवस्थापनमा ढिलाई भएको बताउनु भयो ।
तीन सामाजिक परीचालन अधिकृतले आन्तरीक श्रोत मार्फत आवास सहितको सुविधा लिँदे आएकोमा स्थानीय तहमा सुविधा कटौती हुने भएपछि अधिकृत सपिहत अन्य कर्मचारीको समेत टुगो लाग्न सकेको छैन् । स्थानीय तहमा पुग्नु पर्नेमा कर्मचारीहरु अझै स्थानीय तहमा पुगेका छैनन् ।
पर्वतमा दुई नगरपालिका सहित सातवटा स्थानीय तह रहेका छन् । गाउँपालिकाहरुमा जान कर्मचारीहरु अनकन्याएका छन् । जिससको आन्तरीक श्रोत मार्फत तलव सुविधा भोग गर्ने दश कर्मचारी रहेकोमा स्थानीय तहले आवश्यक ठानेमा नियुक्त गर्नसक्ने प्रावधान रहेको कार्यालयले जनाएको छ ।