मुद्दाको दैनिकी हेर्न सर्वोच्च अदालतमा सुरु भयो मोबाइल एप्स

839
views

काठमाण्डौ, २७, श्रावण । सेवाग्राहीलाई न्यायमा सहज पहुँच पु¥याउने उद्देश्यले सर्वोच्च अदालतले विहिबार ‘सर्वोच्च अदालत मोबाइल एप्स’ शुभारम्भ गरेको छ । अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले मोबाइल ‘एप्स’को प्रयोग गरेर शुभारम्भ गर्दै ‘स्मार्ट जस्टिस’को अवधारणा अन्तर्गत मोबाइल एप्स ल्याइएको बताउनुभयो । उहाँले प्रविधिको प्रयोगले अदालत र सेवाग्राही दुवैलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा, न्यायाधीश अनिल सिन्हाले मोबाइल एप्स तयार गर्नुभएको हो । न्यायाधीश सिन्हाले सूचना प्रविधिमैत्री अदालत बनाउनाका साथै सुलभ तरिकाले मुद्दाका बारेमा जानकारी दिन एप्स तयार गरिएको जानकारी दिनुभयो । मोबाइल एप्समा मुख्य सेवा सूचना तथा मुद्दाको दैनिक, साप्ताहिक र स्थगित पेसी, आदेश, फैसलालगायत हेर्न सकिनेछ । सर्वाेच्च अदालतले एप्सको प्रयोगको अध्ययनपछि उच्च र जिल्ला अदालतमा पनि एप्स लागु गर्ने योजना बनाएको छ ।