आगोको राँको बाल्न जानेन् मेरो डाक्टरले ।
गलत पाइला चाल्न जानेन् मेरो डाक्टरले ।
मेरो निम्ति तिम्रो निम्ति र हाम्रो निम्ति रुन्छ,
आफ्नो आँखा पखाल्न जानेन् मेरो डाक्टरले ।
कहिले कुद्यो लेकाली गाउँ कहिले सुदुर गाउँ,
कमाएर आफैलाई टाल्न जानेन् मेरो डाक्टरले ।
माफिया, घुसखोरी र कमिसनवालाको विरुद्ध,
सिधै मुद्दा पनि हाल्न जानेन् मेरो डाक्टरले ।
हरे राम ! हरे कृष्ण ! हरे शिव ! हरे हरे गोविन्द,
‘बादलु’ हिमाल पगाल्न जानेन् मेरो डाक्टरले ।
–बादल शाही