व्यावसायि र आयल निगमको कुरा मिलेपछि आन्दोलन स्थगित

749
views

नवदृष्टि संवाददाता
पोखरा, २८ साउन । केहीदिनदेखी आन्दोलित व्यावसायिहरुले आईतवारदेखी सहजता हुने गरी सहमति गरेका छन् । पोखरामा पेट्रोलमा भएको अभाव आइतबार देखि समाधान हुने भएको हो । व्यवसायी र नेपाल आयल निगम बिच सहमती भएपछि आइतबार देखि पेट्रोल सहज हुने भएको हो । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरेपछि व्यवसायीहरु चुनौतिपूर्ण आन्दोलनबाट पछाडी हटेका हुन् । उनीहरुले थप आन्दोलन स्थगित हुने जनाएका छन् ।
निगम सञ्चालक समितिको बिहीवारको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
सञ्चालक समितिको बैठकले हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर र्पुयाइएको छ ।
पेट्रोल ढुवानीका क्रममा ६५ लिटरभन्दा माथि हुने प्राविधिक क्षति हुने दावी गर्दै सोअनुसार क्षतिपूर्ति पाउनुपर्ने मागसहित व्यवसायी आन्दोलनमा छन् । त्यस्तै, डिजेलमा यस्तो क्षतिपूर्ति ४० लिटरभन्दा माथि पाउनुपर्ने माग व्यवसायीको छ । क्षतिपूर्ति नबढाएको भन्दै व्यवसायीले बिहीवारदेखि निगमसँग पेट्रोल(डिजेल किन्नै छाडेका छन् । माग सम्बोधन नभए ३१ गतेदेखि पेट्रोलियम बिक्री नै ठप्प पार्ने व्यवसायीको चेतावनी छ ।