वामीको विद्युत आयोजनाको मर्मत कार्य सुरु

1178
views

कमल पौडेल ‘अनुरागी’,
गुल्मी, ३२, श्रावण । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ वामी टक्सारमा रहेका तल्लो तथा उपल्लो दरमखोला लघु जलविद्युत परियोजना संचालन हुन अझै केही दिन लाग्ने देखिएको छ । तल्लो दरमखोला लघु जलविद्युत परियोजनाको नहरको केहि भाग नै पहिरोले बगाएको छ भने वाँध र नहर पुरेको छ । पुरेको नहर सफा गरिए पनि पहिरोले वगाएको नहर निर्माण गर्न कम्तिमा अझै एक हप्ता लाग्न सक्ने देखिएको छ । त्यस्तै माथिल्लो दरमखोला लघुजलविद्युत परियोजनाको नहर पुरिएको स्थान आज सम्ममा सफा गरिने बताईएको छ तर वाँधमा पहिरोले पुरेको तथा विद्युतको हाइटेन्सन लाइन कै केहि पोल पहिरोले वगाएको र भाँचिएकोले विद्युत सुचारु हुन केहि दिन लाग्ने देखिएको छ । विद्युत अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाको वामी टक्सार लगायत बागलुङको खर्वाङ आसपासका क्षेत्रमा संचार सम्पर्क विच्छेद भएको छ ।
नेपाल टेलीकम गुल्मीका प्रमुख उमनाथ पोखरेलले विद्युत लामो समय नआउँदा आफुले केहि गर्न नसक्ने वताएका छन् । २ दिन सम्म त व्याकअपले काम गर्छ नजिक केन्द्रिय लाइन छैन, जेनेरेटर पाइदैन, तम्घासवाट लान सक्ने अवस्था छैन प्रमुख पोखरेलको भनाई थियो ।