–यज्ञ बहादुर थापा
रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै सिमानामा उत्रीनु ठिक थिएन । विदेशनीतिमा “नेहरु डक्ट्रिन” को सट्टा “आई के गुजराल नीति” लिएको भनिएर प्रशंसित मोदीको छवी नेपाली सिमानामा नपोखिएको भए यसरी उनी प्रति आक्रोस पोख्नु जरुरी थिएन ।
यस्तो अत्यन्तै नजिकको सम्वन्ध भएको अझ भाषा तथा सस्कृतीमा समेत तालमेल भएको छिमेकीलाई चिड्याउन हामी चाहदैनौ । छिमेकिको कुभलो होस भन्ने भईदिएको भए भारतको स्वतन्त्रता संग्राममा नेपाली सरिक हुने कुरै आउदैन थियो ।
भारतकै पिएम मोदिले नेपालको संसदमा सम्वोधन गर्दा स्विकारेका छन् । गोर्खाली बिना भारतले कुनै आन्दोलन जितेको छैन तर किन नेपाली र नेपाल विरुद्ध धावा बोलेको अनुभव हामीलाई हुन्छ रु यसको जवाफ भारतीय नेतृत्वले दिनु पर्छ कि पर्दैन रु किन सधै भारतीय नेतृत्व हामी नेपाली र यहाँका दलका नेताहरुलाई आफ्नो प्रभुत्वमा राखेर नेपाली राजनीतिलाई उसको ईसारामा चलाउन चाहान्छ । भारतीय आम जनतासंग कुनै गुनासो छैन तर गुनासो भारतीय नेतृत्वको हो । किन हामीलाई सधै हेप्छौ र सौतेलो ब्यवहार गर्छौ रु
सांस्कृतिक र आर्थिक सम्बन्धको ललीपप देखाउदै सार्भभौम राष्ट्र नेपाल र नेपालीको ईज्जत र प्रतिष्ठा माथि नै कहिले काहिँ धावा बोलेको र हेपेको महशुस आम नेपालीलाई पर्नु सामान्य भैसक्यो । हुनत हाम्रो राजनीति नै भारतको आश्वासन बिना केहि हुदैन । भारतीय आशिर्वाद बिना सत्तामा पुगिदैन भन्ने मानशिकताबाट भारतको भक्तिको निम्ति कयौ स्रोत साधनहरु असमान विक्री हाम्रै नेताले गर्दिन्छन । यो हामी भित्रैको कमजोरी हो तर भारतले वुझ्नु जरुरी छ नेपाल कसैको अधिनमा आजका मितीसम्म रहेन र अब संभव पनि छैन ।
केहि महिना अगाडी हाम्रो राष्ट्र प्रमुख राजकिय भ्रमणमा जादा राज्य मन्त्रीलाई स्वागतका निमित्त पठाउदा नेपाल र नेपालीलाई हेर्ने भारतीय नजर स्पष्ट भएको छ । देश ठुलो होस या सानो तर राष्ट्र प्रमुखको स्टाटस सानो ठुलो हुदैन भन्ने भारत सरकारले वुझि दिएको भए आम नेपालीमा भारतीय नेता प्रति चिसो उत्पन्न हुने थिएन । त्यसैले हाम्रो राष्ट्र प्रमुखको ईज्जत गर्न हिचकिचाउने भारतीय नेतृत्व कुनै बेला ब्रिटिसको गुलाम थियो । ब्रिटिसले कब्जा गरेर भारतीयहरुलाई जोताएको ईतिहास हामीले नपढेको हैन तर भारत स्वतन्त्रताको लडाईमा हाम्रा गोर्खालीहरुले रगत वगाएको स्वयं मोदी स्विकार्छन । हामी नेपाली स्वाभिमानी हौ । कसैले नेपालको साम्राज्य कब्जा गर्ने हिम्मत गरेन । अहंकार किन धेरै देखाउदैछ छ भारत सरकार रु भारतीय साम्राज्य ब्रिटीसले खाईदिएको ईतिहाँस ज्युदै छ । यती हुदा हुदै ठुलाले सानालाई पेल्नै पर्ने दादागिरी देखाउनै पर्ने किन रु ठुलाले सानालाई माया र ईज्जत दिनुको सट्टा गालामा थप्पड हान्ने काम किन गर्छ भारत सरकार रु
झण्डै एक दशक सत्ता संचालनको मियो बनेकि कांग्रेस आई कि अध्यक्ष सोनिया गान्धि निर्देशित तत्कालीन मनमोहन सिंहको पालाको कर्मचारी कुटनीतिले दक्षिण एसियाका साना मुलुकलाई हायलकायल वनाएको यथार्थ थियो । सहसचिव लेवलका कर्मचारिहरुको नेत्रीत्वमा कुटनितीक संम्बन्ध अगाडि वढाउने कार्य र सर्बभौम राष्ट्रका हैसियतमा भारतका राजनीतिज्ञहरुसंग कुरा गर्नै नपाउने, बाध्यकारी कुटनितीक ब्यवस्था भनेको हामी जस्ता साना मुलुकलाई हेपेको जस्तो महशुस हुनु स्वभाविक हो तर जव मोदी भारतमा उदाए उनले हेर्ने नजर फरक होला भन्ने आम नेपालीलाई लागेको नै हो । उनको पहिलो भुटान भ्रमणमा भुटानी संसद भवनमा सम्वोधन गर्दै भनेका थिए भुटान र नेपाललाई हामी हाम्रो दिलको ढोका खोलेर हेर्छौ तर भर्खरै नेपालको राष्ट्र प्रमुख जादा किन स्वागतमा कन्जुुस्याई रु विश्वकै एक लेजेण्ट फिगर बन्नलाई आक्रामक शैलीमा हिडेका मोदीको भगेराको जत्रो छाती रहेछ । त्यसैले हाम्रो राष्ट्र प्रमुखलाई सामान्य ठाने, तिमीहरुलाई ब्रिटीसले गुलाम बनाई रहदा तिमीहरुको स्वतन्त्रताको निम्ती हामी नेपालीहरु तिम्रा लागी लडेको ईतिहाँस पल्टाएर पढ्ने गर कुनै पानामा नेपालीको नाम जुन र घाम जसरी लेखिएको छ । हैन तिमीहरुलाई यस्तो स्विकार्य छैन होला । कमसेकम छिमेकीको हैसियतमा ईज्जत गर्दा के बिग्रीयो रु
अहिलेको बिश्वमान चित्रमा स्थापित भारत सन १९४९ अघि ब्रिटीसले शासन गरेको भारतीय साम्राज्य थियो । सत्रौ सताब्दिमा ब्यापार गर्ने उद्देश्यले स्थापित ब्रिटीस कम्पनिलाई उपनिवेसिक साम्राज्यको रुपमा विकसित गराई लगभग ३०० वर्षसम्म ब्यापार तथा राज्य संरचना कव्जा गरेको कुरा कसैले भनिरहन जरुरी छैन । १९१० सम्म ५४ प्रतिशत भुभाग र ७७ प्रतिशत जनसंख्या ब्रिटीसले कब्जा गरेको कुरा ईतिहाँसले बताउछ । अझ भारतका केहि ठाउ पोर्चुगल तथा फ्रान्सले समेत कब्जा गरेको हामी पाँउछौ । अव मनन गरौ करिव ३०० वर्ष साशन गर्दा अंग्रेजले रोपेको विऊको तुस भारतिय नेतृत्वमा अझै वाकी नहोला त रु पक्कै वाकी छ त्यसैले हामी जस्ता साना मुलुकलाइ जतिवेला ब्रीटीसले भारतीयलाई जुन शैलीमा दमन गरेको थियो त्यही सैली निकाल्दै सिमाना बन्द गरेर हाम्रो पेटमा लात हान्ने काम गर्दै छ । यो निन्दनिय छ ।
हो हामी सानो मुलुकका नागरिक हौँ । खाद्यान्न देखी इन्धनसम्म हामी अर्को देशसंग अर्थात भारतसंग आश्रीत छौ । यो सत्य हो तर अर्को सत्य हामी आजका मितिसम्म कसैकौ अधिनमा नरहेको सार्बभौम राष्ट्र पनी हौँ । हुनत चीन अर्को शक्तिशाली राष्ट्र हाम्रो छिमिकी छ तर सबै किसिमबाट हेदा चाहे भाषा, चाहे भौगोलिक बनावट, धर्म संस्कृतिका हिसाबले हामी भारतसंग नजिक छौ । हाम्रो धर्म हेर्नुहुन्छ भने भारतका मन्दिरमा तिर्थ नगई हाम्रा पितृहरु समेत स्वर्ग नपुग्ने मान्यता छ भने भारतीयहरु पनि पशुपतिनाथको दर्शन नगरी पुण्य नमिल्ले एक किसिमको धार्मिक सम्बन्ध रहि आएको छ । भारत हामी भन्दा शक्तिशाली भएको हिसाबले हामीलाई ठुल्दाईको भुमिका निभाउनुको सट्टा सौतेनीको ब्यवहार गरेको महशुस हुन्छ । हाम्रो तरल राजनीतिमा सके जति खेलेर उसको स्वार्थ लाद्न खोजेको महशुस हुन्छ । आखिर किन देख्न सक्दैन भारत सरकार नेपालमा स्थायित्व । यो प्रश्न आम नेपालीको मनमा सधै खेलिरहेको छ ।
अन्तमा भारत सरकारले यो बुझोस जुन भुमिमा बुद्ध जन्मिए, जुन भुमी पशुपतिनाथको भुमी हो, जुन भुमी हिमालै हिमालको भुमी भनेर चिनिन्छ, बिश्वको सर्बोच्च शिखर सगरमाथा यही देशमा उभीएको छ अझ भनौ यहा १० वटा भन्दा माथि मौैसम पाउन सकिन्छ । पर्यटकका हिसाबले उचित गन्तब्य मानिन्छ भने थोरै समय कुर्नु पर्ला तर सम्बृद्ध देश हामी एकदिन हुनेछौ । नेपाल र नेपालीको जय होस