बाग्लुङ्ग दमेकमा आयोजना हुने बृहत तिज मेलाको तयारि पुरा

938
views

बिकाशराज पौडेल ‘युवाहरुको सहभागिता सभ्य समाज को निर्माण आज को आबस्यक्ता” भन्ने नाराका साथ् समृध्द युबा कल्ब जैमिनी नगरपालिका २ दमेक बाग्लुङ्गको आयोजनामा हरितालिका तिजको अवसर मा बृहत तिज मेला आयोजना हुन लागेको हो कार्यक्रम मा खुल्ला तिज गित प्रतियोगिता ,खुल्ला एकल लोक गित प्रतियोगीता ,घैटो फुटाउने ,र म्युजिकल चियर प्रतियोगिता आयोजना गरियको छ ।ग्रामिण भेग हरुमा आयोजना हुने कार्यक्रम मध्यमा सर्बा्धिक पुरस्कार रासी रहेको तीजगीत प्रतियोगिता मा धेरै समूह को उपस्थिति हुनेमा आफु बिस्वस्त रहेको क्लबका अध्यक्ष ललिता छन्त्याल ले बताउनु भयो ।प्रतियोगितामा प्रथम दितिय तितया र सान्त्वना पुरस्कार क्रमस नगद रु १४००० र प्रमाणपत्र ८०००र प्रमाणपत्र ,४०००,र प्रमाणपत्र १५०० र प्रमाणपत्र राखियको छ ।
भाद्र ८ गते हरितालिका तिजको दिन आयोजना हुन लागेको कार्यक्रम मा चर्चित कलाकार कृष्ण अखेली ,राजेश बर्देवा ,शिरिसति पुन मगर ,गोबिन्द कालामगर ,तन्मति रोका मगर ,संजय बर्देवा लगायत को प्रस्तुति रहने छ साथमा युबा नेता एबम समाजसेबी बिक्रम थापाको बिसेष उपस्थिति रहने र मेलाको सबै जसो तयारि पुरा भयको आयोजकले जनायको छ ।