अध्यक्षसहितको पदमा उम्मेदवारी दिने क्रान्तिकारी पत्रकार महासंघको निर्णय, अध्यक्षमा-राउत

723
views

काठमाडौं, २, भाद्र । क्रान्तिकारी पत्रकार महासंघको सम्पन्न केन्द्रीय कार्यालयको विस्तारित बैठकले अध्यक्ष इन्द्र राउतलाई नेपाल पत्रकार महासंघको आसन्न २५ महाधिवेशनमा अध्यक्षको पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले लिएका निर्णहरु सार्वजनिक गर्न महासंघका उपाध्यक्ष नारायण पंगेनीले बुधबार जारी गरेको वक्तव्यको पूर्णपाठ यस्तो छ ः
“क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय कार्यालयको २०७४ भदौ १ गते बुद्धनगरमा बसेको विस्तारित बैठकले पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा श्रमजीवी पत्रकारहरुको हक अधिकार र रक्षाका लागि अध्यक्षसहित उम्मेदवारी दिने निर्णय गरिएको छ ।
हाम्रो संगठन क्रान्तिकारी पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको हकहितका पक्षमा आवाज उठाउँदै आएको छ । नेपाल पत्रकार महासंघमा प्रमुख तीन राजनीतिक दलको सिण्डिकेट लाद्ने र पार्टी कार्यकर्ताको भर्ति केन्द्र बनाउने काम भएकोमा पनि हाम्रो संगठनले भण्डाफोर गर्दै आएको सर्व्विदितै छ ।स्थापनाकालदेखि नै हाम्रो संगठनले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी, सम्पादकीय स्वतन्त्रता, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, साना लगानीका तथा जनपक्षीय मिडियाहरुको संरक्षण र संवद्र्धन, श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, मिडियामा वैदेशिक र अपारदर्शी लगानीलाई निषेध तथा जवाफदेहीपूर्ण पत्रकारिता लगायतको पक्षमा  वकालत गर्दै आएको छ । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण हुनुपर्ने विषयलाई हामीले आसन्न महाधिवेशनको प्रमुख मुद्दा बनाएका छौं । पत्रकार शुद्धिकरणका सन्दर्भमा निष्क्रिय पत्रकारहरुको नवीकरण नगरी सदस्यता खारेज गर्ने तथा गैरपत्रकारहरुको भर्ती रोक्न अल्टिमेटमसहित नेतृत्वको ध्यानाकर्षण गराउने काम पटक पटक गरिए पनि वेवास्ता गर्ने काम भएको छ । महासंघमा शुद्धिकरणका लागि सदस्यता छानबिन आयोग बनाउनुु पर्ने माग अहिले पनि हाम्रो संगठनले उठाउँदै आएको छ । तसर्थ वास्तविक श्रमजीवी पत्रकारहरुको संगठनको पेशागत हकहित र सुरक्षाका लागि आसन्न महाधिवेशनमा श्रमजीवी पत्रकारहरुसँग सहयोगको अपिल पनि गर्दछौं ।”