चीनद्वारा नुवाकोटको पुरातात्विक दरबारको सर्वे

931
views

गत ०७२ साल बैशाख १२ र २९ गतेको महाभुकम्पले दरबारमा क्षति पु¥याएपछि दरबार टेकोले धानेको छ । उक्त दरबारबो सर्वेका लागि चिनियाँ प्राविधिकको ८ जनाको टोली खटिएका छन् । बिहिवार देखि चिनियाँ प्राविधिक टोली चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले साततल्ले दरबार सहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको सर्वे थालेका हुन् । गएको साउन १९ गतेको वर्षाले लिच्छविकालीन तलेजु भवानी मन्दिर तथा दरबारको पूर्वीमोहडाको भाग भत्किएपछि चीनले सर्वे थालेको हो । उनीहरुले द्रोण उठाएर दरबार क्षेत्रको तस्बिर लिने, माटो परीक्षणका लागि संकलन गर्ने, क्षतिग्रस्त स्थानको टिपोट गर्ने कार्य गरिहेका छन् ।
नुवाकोट दरबार क्षेत्रमा लिच्छविकालीन नान्यदेव बनाएको तुलजा भवानी मन्दिर तथा दरबार मल्लकालीन रंगमहल र गारद दरबार, लामपाटी, सेतोपार्टी, लिच्छविकालीन विष्णु र नारायण मन्दिर र पृथ्वीनाराण शाहद्वारा निर्मित पहिले नौ तले हाल साततल्ले दरबार, लोप भएको बहादुर शाहको बैठक कक्षको चिनियाँ प्राविधिक टोलीले सर्वे गरिरहेको छ । भुकम्पले ढलेका ती सम्पदाहरु भत्किएका छन् । त्यसैगरी साततल्ले दरबारको दक्षिण र पश्चिम गारोको एक भागमा भुकम्पले क्षति पु¥याएकोले टेको लगाएर धानिएको छ ।
त्यहाँ नारायण र विष्णु मन्दिर गजुरदेखि ढलेका छन् । लामपाटीको ठाउँठाउँमा गारो भत्केको छ । सेतो पाटी भईं तल्ला बाँकी छ । यो पाटी पश्चिमा शैलीमा बनेको थियो । आधा दर्जन दरबार पुनर्निर्माण गर्न चिनियाँ प्राविधिक टोलीले काम गरिहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय साततल्ले दरबार संग्रहालयका प्रमुख अर्जुन फुयालले बताउनुभयो । चिनियाँ पक्षले दुई मन्दिर नारायण र विष्णुलाई एउटा दरबारको रुपमा राखेर निर्माण गरिने भएको कार्यालयले जनाएको छ । ती दरबारहरु मर्मत गरेर हुनसक्ने भए मर्मत, रेक्टोफिट र अरु पुननिर्माण हुन सक्ने कार्यालय प्रमुख फुयालले बताउनुभयो । पहिले नौ तल्ले हालको साततल्ले दरबार गोरखाका राजा पृथ्वीनारायण शाहले ललितपुरबाट कालिगढ झिकाई १८१७ मा सुरु गरी १९ मा निर्माण गराएका थिए । यसमा काष्ठकलाको अनुपम नमूना दरबारमा राखिएको छ । कान्तिपुरबाट