बुढानिलकण्ठ घटनाका दोषिलार्ई कार्वाही गर्न गगन थापाको माग

618
views

काठमाडौं, ४, भदौ,। युवा नेता गगन थापाले बुढानिलकण्ठ घटनालाई घृणित भएको बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले उक्त घटनाले निर्वाचनको पवित्रतामाथि प्रश्न उठेको बताए । उनले दोषीलाई कारबाही गर्न र निर्वाचनको पवित्रतामा विश्वसनीय वातावरण बनाउन माग गरे । आइतबार संसदको बैठक सुरु भए लगतै विशेष समय लिएर बोल्दै काठमाडौं ४ का सांसद थापाले निर्वाचन आयोगका कर्मचारी एमाले नगर सभापतिको घरमा फोटोसहितको मतदाता नामावली संकलन गर्दै गरेको भेटिएको बताए ।
घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको भन्दै उनले भने, ‘जननिर्वाचित पदाधिकारी र जिम्मेवार दलको मात्र होइन । आयोगका कर्मचारीको समेत संलग्नता भेटिएको छ । यसले आयोग पदाधिकारीमाथि नै प्रश्न उठाएको छ ।’
तोकिएको समय सकिसकेपछि अमुख दलको नेताको घरमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्नु घृणित काम भएको सांसद थापाको भनाई छ ।
सरकारी सम्पत्ति निजी व्यक्तिको घरमा लैजानु चोरी भएको भन्दै सांसद थापाले दोषीलाई कारबाही गर्न माग गरे । अपराधीलाई कारबाही र निर्वाचनको पवित्रतामा विश्वासको वातावरण बनाउन माग गरे ।