ओमान । ओमानमा एक नेपालीको निधन भएको छ । रोजगारीको सिलसिलामा ओमान गएका नेपालगंज बसपार्क बाईपस रोडका २४ वर्षिय मोहन मल्लको शुक्रबार राति दुस्खद निधन भएको हो मल्ल नेपालगंजको कर्णाली ओभरसिज हुंदै काठमाडौको प्रोटेक्ट मेनपावर मार्फत ओमान ईन्टरनेशनल ग्रुप (इीन्) कम्पनीमा कामको लागी आएका थिए । उनी बर्काको रुमेस स्थित अल मदिना नजिकैको क्याम्पमा बस्थे भने काम मस्कटको सिव भन्ने ठाउँमा अल दिवान कम्पनीमा गर्दै आएका थिए ।
शुक्रबार उनको बिदा दिन साथीभाईसंग सुख दुखका कुराकानी गरि सांझ खानपिन गरेर सुतेका मोहन बिहान नउठे पछि उठाउन खोज्दा उनको मृत्यु भैसकेको सोहि कम्पनीमा कार्यरत स्याङ्जाका राम बहादुर गुरुङले बताएका छन् । कम्पनीको यो क्याम्पमा करिब १४ ÷ १५ जना नेपाली बस्ने भए पनि मृतक मोहन मल्ललाई दक्षिण भारतका कामदारहरुको कोठामा राखिएको थियो ।
नेपालगंज भृकुटीनगरका भुपाल थापा भावुक हुँदै भन्छन, मोहन नयाँ थियो उसलाई भासा त्यत्ति आउदैंन थियो, राती १ ÷ २ पटक त कराएको थियो रे तर नेपालीमा बोलेर होला ईन्डियनहरुले त्यत्ती ख्याल राखेनन, त्यो अवस्थामा कोहि नेपाली साथमा भएको भए कमसेकम केहि सहयोग गर्न त सकिन्थ्यो, तर साथमा नहुँदा त्यस्तो गर्न सकिएन ।
घटनास्थल निरीक्षण गरी रोयल ओमान पुलिसले निजको शवलाई पोस्टमार्टमको लागी लगेको छ । खबर बाहिर आएपछि यस समबन्धमा दुतावासका कर्मचारी रमेश प्रसाद आर्याललाई सोध्दा खेरि कम्पनीबाट अहिलेसम्म त्यस्तो जानकारी नआएको बताए ।
उनले भने सायद शनिबार बिदा परेको कारण हुन सक्छ । कम्पनीले अहिलेसम्म खबर नगरेको आईतवार कार्यलय खुल्छ कम्पनीको तर्फबाट आधिकारिक जानकारी आएपछि यो घटनाको विषयमा आवश्यक प्रक्रिया अगाडि बढाईने छ ।