बाबुरामका विश्वास पात्र रामचन्द्र झा माओवादीमा फर्किए, पौडेलको तयारी

634
views

काठमाडौं, ४, भदौ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टाईका विश्वास पात्र मानिएका नेता रामचन्द्र झा नयाँ शक्ति छोडेर नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । नयाँ शक्ति मै रहेका भट्टराईका अर्का दाहिने हात देवेन्द्र पौडेल लगायतका  नेता समेत  नयाँ शक्ति पार्टी छाडेर फर्किने तयारीमा रहेको बुझिएको छ ।

स्रोतका अनुसार छलफलको क्रम जारी रहेकोले कसरी आउने भन्नेमा बहस चलेको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झा सहितका नेता रामकुमार शर्मा, कलामुद्धिन रायन, ब्रिजकिशोर यादवलगायतका  नेतालाई पार्टीमा स्वागत गरेका छन् ।