दिल्ली विमानस्थलमा देउवालाई सूष्मा स्वराजको स्वागत

854
views

नयाँदिल्ली, ७, भदौ ।  पाँच दिने भारत भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएकभो छ । प्रधानमन्त्री देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली पुग्नुभएको हो ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुभएको हो ।
प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गर्नुभएको थियो ।