महिलाले पाएको जिम्मा कुशलतापूर्वक पुरा गर्न डा. महतको आग्रह

757
views

रिजन पौडेल,
नुवाकोट, ७, भाद्र । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले महिलाहरुले पाएको जिम्मेवारीलाई कुशलतापुर्वक पुरा गर्नुपर्ने बताउनु भएको छ । सुर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महतले उक्त कुरा बताउनु भएको हो । उहाँले संविधानले महिलाको हक र अधिकार सुनिश्चित गरेको र त्यस अनुरुप स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी पनि आइसकेकोले सो जिम्मेवारीलाई जनचाहना अनुरुप पूरा गर्न सक्नुपर्ने नेता महतको भनाई थियो । आयोजित कार्यक्रममा नेता महतले भन्नुभयो ‘एउटा घर राम्रो हुन जसरी महिलाको आवश्यकता र भूमिका हुन्छ त्यसरी नै समाज र राष्ट्रलाई सम्मुन्त बनाउनको लागि महिलाको भुमिका महत्वपूर्ण हुन आएको छ ।’ हरितालिका तिज पर्वलाई ईङ्गित गर्दै नेता महतले कुनैपनि चाडपर्व समय अनुसार ब्यापकता नहुने भन्दै तिजपर्व भड्किलो र खर्चिलो बन्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेशकुमार महतले महिलाहरु अधिकारको उपल्लो तहमा पुगेको भन्दै जिम्मेवारी परा गर्न महिलाहरु कहिँँकतै चुक्न नहुनेमा जोड दिनुभयो । महतले महिलाहरु सफलताको प्रतिक भएको भन्दै महिलाहरुको नेतृत्वमा हुने जुनसुकै कामहरु पनि पारदर्शि र प्रभावशाली हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले ‘महिलाहरु चुलो चौकोमा मात्रै सिमित नभई समृद्ध समाज निर्माणको अभियानमा लागेकोले समाजमा सकारात्मक परिवर्तनको आश जागेको बताउनु भयो । तामाङले महिलाको नेतृत्वमा भएका कार्यक्रमहरु पारदर्शी र सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष मन्जु बुढाथोकीले महिलाहरुको जिम्मेवारमिा आईपुगेको देशको विकास महिलाहरुले कुशलतापूर्वक गर्नुपर्ने बताउँदै जनताले दिएको जनमतको दुरुपयोग नगर्ने प्रतिवद्धता जनाउनु भयो ।
सोही कार्यक्रममा जोसिला युवाक्लबको सक्रियतामा तराइका बाढी प्रभावितहरुको लागि राहत संकलन गरिएको छ । तिज मा गरिने खर्च कटाएर बाढी प्रभावितहरुलाइ सानो सहयोग जुटाइएको र उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइने क्लबका अध्यक्ष अच्युत ढलालले बतउनुभयो ।