यस्तो छ एमालेको प्रदेश नम्बर–२ कब्जा गर्ने खतरनाक रणनीति

624
views

काँग्रेस-माओवादी लगायतका सत्ताधारी दल सत्ताको नेराघेरामा रुमल्लिईरहेका बेला प्रदेश नं २ कब्जा गर्ने एमालेको खतरनाक रणनीति बाहिरिएको छ । स्थानीय तह चुनावमा २ नम्बर कब्जा गर्न एमालेले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने रणनीति बनाएको हो ।
एमाले स्रोतले दिएको जानकारी अनुसार भरतपुर घटना दोहोरिन नदिने,एमालेका समर्थक, युवाहरुको व्यापक परिचालन गर्ने, जनता समक्ष एमालेको स्पष्ट भिजन सहित जनतामा जाने रणनीति अख्तियार गरेको छ । स्रोतका अनुसार आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ । एमालेले प्रदेश नम्बर २ मा पार्टीलाई पहिलो शक्ति बनाउने समेत रणनीति अघि सारेको छ । उक्त रणनीति शान्तिपूर्ण नै रहने बताइएको छ । एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाललाई पुनः आह्वान गर्दै चुनावमा जुट्न सबै दललाई आग्रह समेत गरेको छ ।