हैदरावाद हाउसमा देउवा र मोदीबीच आकष्मिक भेट

599
views

राजकीय भ्रमणमा दिल्ली आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले ‘वान टु वान’ वार्ताको तयारीस्वरुप आकस्मिक रुपमा भेटेका थिए । बिहीबार दिउँसो दुई नेताबीच ‘वान टु वान’ वार्ता सुरु भएको हो । यसैको तयारीस्वरुप भन्दै मोदीले देउवालाई आकस्मिक रुपमा भेटेका थिए । मोदीले आफ्नै कार्यालय हैदरावाद हाउसमा स्वागत गरेका छन् । उक्त वार्ता सम्पन्न भएलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।