दिल्लीमा मोदी र देउवाबाट स्वीच थिचेर प्रसारण लाइनको उद्घाटन

623
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, ८, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वीच थिचेर कटैया–कुशाहा प्रसारण लाइनको उदघाटन गरेका छन् । हैदराबाद हाउसबाट बिहीबार दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर १ सय ३२ केभीए उक्त प्रसारणलाइनको उदघाटन गरेका हुन् । यो उदघाटनसँगै कटैया–कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ । कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो। तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन ।
त्यस्तै अहिले रक्सौल–परवानीपुरको १ सय ३२ केभी प्रसारणलाइन पनि निर्माण सम्पन्न भइसकेको छ । यसबाट पनि ५० मेगावाटको विद्युत आयात गर्न सकिन्छ । यि दुवै प्रसारणलाइन भारत सरकारको अनुदानमा निर्माण भएका हुन् ।
यि दुवै प्रसारणलाइन भारत सरकारको अनुदानमा निर्माण भएका हुन् ।
जग्गा प्राप्ती नेपाल सरकार तथा विद्युत प्राधिकरणले गरिदिएको थियो भने अन्य खर्च सबै भारतको अनुदानबाट गरिएको थियो । यी दुईबाट आयात हुने बिजुलीको मूल्य एक युनिटको ५.५ भारु पर्दछ । गत साउनसम्म १ सय ३२ केभी ट्रान्समिसन लाइनबाट आउने एक युनिट बिजुलीको मूल्य ५.६२ भारु पर्दथ्यो ।