मालढुङ्गा माझिबस्तिका माझिहरु तिजको दिनमा पनि दाउरा बालुवामै व्यस्त

1416
views

महेन्द्र जिसी
पर्वत । मालढुंगा माझी वस्तीका बासिन्दाहरु वालुवा चाल्न र कालीगडण्कीले बगाएका दाउरा छोप्न तिजको दिनमा व्यस्त रहेका छन् । मालढुङ्गा वडा नं १ का माझिहरु कालिगण्डकीको त्रासमा रहेका छन् । कालीगण्डकीको किनारमा वालुवा चाल्दै गुजार गर्दै आएका माझीहरुलाई हरितालिका पर्वले कुनै प्रभाव पारेको छैन् ।
यहाँका माझिहरु पर्वलाई भन्दा पनि विहान बेलुका हात मुख जोड्ने चिन्तामा काममा व्यस्त देखिएका हुन् । माझिबस्तीका बासिन्दाहरु दर खाने दिनदेखी आज चडको दिनसम्म कालीगण्डकी किनारमा बालुवा निकाल्न र कालीगण्डकीले बगाएका दाउरा सम्हाल्न व्यस्त देखिएका हुन् । हामीलाई तिजको रौनक छैन् स्थानीय चन्द्र कुमारी माझिले भनिन् ‘सधैं एकनासले दिनभर बालुवा नउठाए भोकै बस्नु पर्ने अवस्था छ, एकदिनको दरले सातदिनको भोको बस्नुपनेृ बाद्यतामा तिजको के रौनक हुन्छ र । माझि वस्तीका लागि चाडपर्वका दिन र अरु दिन उस्तै उस्तै हुने माझिहरुको भनाई छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पाङमा पर्ने कालीगण्डकी किनारमा करिब डेढ सय परिवार माझिबस्ती छ । पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालतिर धादिङ, गोरखा र तनहुँलगायतबाट आएका मजदुरहरू यहीं छाप्रा बनाएर कालीगण्डकी किनारमा दिनचर्या चलाउँदै आएका छन् । घरबास गरेका ठाउँको लालपुर्जा समेत नभएका उनीहरु कहिले राजमार्गको का मगर्ने त कहिले कालिगण्डकी किनारमा गिट्ट कुट्ने र कहिले नदि किनारमा ल्याएका दाउरा बिक्रि गरेर जीविकोपार्जन गर्दै आएका छन् ।