देउवाको अभिव्यक्तिप्रति प्रचण्डको असन्तुष्टि

1391
views

विराटनगर, १२, भदौ । संविधान संशोधनप्रति छिमेकी समझदारी आवश्यक नभएको भन्दै पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
भारत भ्रमणका क्रममा ‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी नभएको भन्दै प्रचण्डले अहिले संविधान संशोधन नहुने बताए । उनले भने संविधान संशोधनको विषयमा छिमेकीसँग समझदारी गर्ने कुरा नभएको भन्दै प्रचण्डले भने ‘देशलाई आवश्यक परे फेरि बहस गरौला । तर, अहिले यो बहस आवश्यक नै छैन ।’
नेपाल र भारतबीच जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको भन्दै प्रचण्डले भने ‘मैले आज मात्रै संयुक्त वक्तव्य हेरें । तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन । काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्छौं ।’ पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले विराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको बताए । अध्यक्ष प्रचण्डले अहिलेको मिसन निर्वाचन भएकाले माओवादी त्यसमा केन्द्रित भएको र सत्ता परिवर्तनबारे कुनै ध्यान नभएको बताए ।