मोदी–देउवाको संयुक्त बक्तव्यबाट झिकिएका केही बुँंदा, जस्ले नेपाललाई फेरी बन्धक बनाउने छ

2324
views

–अमृत चापागाई
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा देशका लागि अहित हुने असमान सम्झौताहरु पनि भएका छन् । जस्ले देशलाई धेरै पछाडी धकेल्ने कार्यहरु समेत भएका छन् । यसैबीच नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीकाबीच संयुक्त वक्तव्यबाट झिकिएका यि बुंदाहरु देशको हितविपरीत छन् ।
बुँदा नं. ११ “इण्डियन र नेपाली सेनाका बीचमा प्रतिरक्षा सहकार्य गर्ने ।’ यो के भनेको हो ? प्रतिरक्षा भनेको कुनै राज्य पक्षले इण्डिया वा नेपालमाथि आक्रमण गरेको खण्डमा मिलेर प्रतिरोध गर्ने । यो बुँदा चीन र पाकिस्तानतिर लक्षित छ । यो बुँदामा नेपाली सेनाको मौन प्रतिकृया रहस्यमय देखिन्छ ।

बुँदा नं. १७ ‘कनेक्टीभिटी प्रोजेक्ट अन्तर्गत क्रस बोर्डर रेल लिंक बनाउने ।’ क्रस बोर्डर रेल लिंकको अवधारणा सिमानामा चेक गर्न नपाईने कुरासंग सम्बन्धित छ । अर्थात् इण्डियाबाट आउने रेलहरू आफ्नै प्रान्तमा जस्तो गरेर निर्वाध रूपमा चल्न पाउने व्यवस्था ।
बुँदा नं. १९ “एकिकृत जाँच चौकिहरू बनाउने ।’ एकिकृत भनेको संयुक्त होईन, दुईवटाको एउटै भनेको हो । एकिकृत जाँच भन्ने अमूर्त शब्द राखेर ब्यापारदेखि सुरक्षासम्मका जाँचहरूको नेतृत्व इण्डियालाई दिने ।
बुँदा नं. २८  “कोशी नदिमा उच्च ड्याम बनाउने।“ यसको अर्थ सबैलाई थाहा छ। पूर्वी पहाडि जिल्लाहरूलाई तालमा परिणत गरेर इण्डियामा पानी लैजाने ब्यवस्था गर्ने।
बुँदा नं. ३८ “पशुपति मन्दिरको पुनर्निर्माणका लागि ःइग् गर्ने ।“ अर्थात् आजसम्म कसैले हेर्न नपाएका सबै संरचनाहरू पुनर्संरचनाका नाममा र्इ्ण्डियनहरूका हातमा हस्तान्तरण गरेर त्यसले चाहेको सबै गर्न दिने ।
बुँदा नं. ३९ “बिमस्टेक र सार्क लगायतका क्षेत्रिय र उप क्षेत्रिय संगठनहरूमा सहकार्यबाट हुने फाईदाहरूमा जोड दिने।“ यसको मनशाय हो इण्डियनहरूलाई फाईदा हुने सहकार्यमा जोड दिने ।
बुँदा नं. ४१ “राष्ट्रसंघीय सुरक्षा परिषदको स्थायी सदस्यमा इण्डियाको दाबेदारिलाई समर्थन गर्ने।“ यसको मतलब हो( पाकिस्तानको दाबेदारिलाई इण्डियाले विरोध गर्ने भएकोले नेपालले पनि विरोध गर्ने र इण्डियालाई रोक्दै आएको चीनका विरूद्धमा खडा हुने ।
बुँदा नं. ४२ “सबै खालका रूप र अभिव्यक्तिका आतंकवादसंग सशक्त प्रतिरोध गर्ने ।’ सबै खालका रूप र अभिव्यक्ति भन्ने पदावलीले इण्डियनहरूले चाहेका सबै भन्ने बुझिन्छ । १ महिना अघि मात्र राष्ट्रसंघको सुरक्षा परिषदमा पाकिस्तानको एउटा धार्मिक समूहलाई आतंकवादी घोषित गर्न राखेको प्रस्तावलाई चीनले भिटो लगाएको थियो, त्यसको पनि देउवाले समर्थन गरेर चीन र पाकलाई चुनौति दिने ।
उल्लेखित बुंदाहरु नेपालको हितमा छैनन् । अर्थात अर्को भाषामा भन्नपर्दा राष्ट्रघाती सम्झौताका रुपमा बुझ्न सकिन्छ । भुपरीवेष्ठीत देश नेपालमा समुन्द्रिक बाटो नहुनुको समस्याले समेत हाम्रो देश अर्धविकसित अवस्थामा गाँजिन पुगेको छ । १९५० को असमान सन्धिले आज देशभित्रै गृहयुद्व मच्याएको छ । यि पाठहरुबाट समेत नेपालका प्रधानमन्त्री देउवाको भारत भ्रमण र भ्रमणका क्रममा भएका सम्झौताले देशलाई पून कठिन अवस्थामा पुर्याएको छ ।