लघुबित्त ब्यवस्थापनबारे तिनदिने तालिमको आयोजना

1402
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, १४, भदौ । नव प्रवेशिका लागि मेरोमाइक्रोफाइनान्स बित्तीय संस्था लि.कोे लघुबित्त ब्यवस्थापनबारे तिनदिने तालिम आजदेखि बागबजारको होटेल हार्दिकमा शुरु भएको छ । उक्त तालिममा कर्जा, लगानी तथा संस्थाको नीति नियम सेवा सुबिधाको बारेमा प्रशिक्षण दिइने समेत जनाइएको छ ।
तालिमको उद्घाटन गर्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले सर्वसाधारणमा पहुँच वृद्धि र विस्तारका लागि वित्तिय संस्थाले महत्वूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । दाहालले भन्नुभयो ‘संस्थालाई थप विकसित गर्दै आगामी कही बर्षभित्र ७५ जिल्लामा शाखा बिस्तार गर्ने नीति अनुरुप माइक्रोफाइनान्स बित्तीय संस्था अघि बढिरहेको छ ।’ उहाँले ‘वित्तिय साक्षरताको कार्यक्रम तथा सामाजिक उत्तरदायित्वको कार्यक्रम समानान्तर रुपमा संचालनको तयारी भैरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा मानव संसाधन बिभागका प्रमुख बिजेन्द्र चौधरीले लघुबित्त सम्बन्धी जानकारी दिदैं संस्थाले राज्यको गरीबी उन्मुलन गर्न महत्वपूर्ण भुमिका खेलेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाका ब्यवस्थापक नबराज दाहाल, राजु पुडासैनी, बद्री अधिकारी, शेर बहादुर गुरुङ, उमेश डङ्गोल, रामकुमार सुवेदी, भिमप्रसाद भट्टराई, रामचन्द्र रुपाखेती तथा विभिन्न बिभागिय प्रमुखहरुले संस्थाको प्रगतिवारे धारणा राख्दै तालिम लिनुमात्र ठुलो नभई कार्य क्षेत्रमा लागू गर्ने बताउनु भएको थियो । तालिममा देशका विभिन्न जिल्लाका ७१ जना युवाहरुको सहभागिता रहेको छ ।