मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाले आयोजना गरेको तिनदिने तालिम सम्पन्न

1591
views

काठमाण्डौ, १६, भदौ । नयाँ कर्मचारीहरुका लागि मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लि.ले लघुबित्त ब्यवस्थापनबारे आयोजना गरेको तिनदिने तालिम सम्पन्न भएको छ ।
मेरो माईक्रो फाईनान्स वित्तिय संस्थाले सेवाग्राहीमा सहज पहुँच विस्तारका लागि ग्रामिण क्षेत्रका सर्वसाधारणहरुलाई दिगो लघु वित्तीय सेवा प्रदान गर्न उक्त तालिमको आयोजना गरेको थियो । तालिमको समापन समारोहमा बोल्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले सर्वसाधारणमा पहुँच वृद्धि र विस्तारका लागि वित्तिय संस्थाले ब्यावसायिक टेवा पुर्याउन महत्वूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
उहाँले लघुवित्तले बिपन्न बर्गको आर्थिक स्थितिमा सुधार गर्न सहयोग पु¥याएको धारणा व्यक्त गर्नुभयो ।
दाहालले ग्रामीण क्षेत्रमा अझैपनि चर्को ब्याजदरमा ऋण लिन बाध्य रहेको परिवेशमा सर्वसाधारणका लागि लघुबित्त बरदान रहेको जानकारी दिदै अन्य सस्था भन्दा फरक ढंगले संस्थालाई थप विकसित गरी आगामी केही बर्षभित्र देशका ७५ जिल्लामा शाखा बिस्तार गर्ने नीति अनुरुप माइक्रोफाइनान्स बित्तीय संस्था अघि बढिरहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी बिष्णु शर्मा, जगतराज अधिकारी, शैलेन्द्र चौधरीले आफुहरुले सिकेको ज्ञान कार्य क्षेत्रमा लगनशीलका साथ लागू गर्ने र लघुबित्तको बारेमा केही जानकारी नभएता पनि आयोजित तालिमले ज्ञान वृदि भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन समारोहलाई संबोधन गर्दै वरिष्ठ प्रबन्धक नबराज दाहाल, अनुगमन अधिकृत राजु पुडासैनी, बित्त बिभाग प्रमुख बद्री अधिकारी,कर्जा बिभाग प्रमुख शेर बहादुर गुरुङ, मानव संसाधन बिभागका प्रमुख बिजेन्द्र चौधरीले लघुबित्त सम्बन्धी जानकारी दिदैं संस्थाले राज्यको गरीबी उन्मुलन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । तालिममा देशका विभिन्न जिल्लाका ७० जना युवाहरुको सहभागिता रहेको थियो । मेरो माइक्रोफाइनान्स बित्तीय सस्था हाल ४२ जिल्लामा ६० शाखा रहेको छ ।