नेपाल दलित संघ नुवाकोटद्धारा जनप्रतिनीधिलाई सम्मान

808
views

नवदृष्टि संवाददाता
नुवाकोट, २१, भदौ । नेपाल दलित संघ जिल्ला कार्यसमिति नुवाकोटले जिल्ला समन्यवन समिति नुवाकोटका पदाधिकारी एवम् स्थानिय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । जनप्रतिनिधिहरुलाई सम्मान गर्नुहुदै वाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले धर्म, संस्कृति र परम्पराको नाममा पछाडी परेको वर्गहरुको अधिकार स्थापना गर्न संविधानमा नै ग्यारेण्टीको व्यवस्था गरेको बताउनुभएको छ ।
उहाँले राजनीतिक प्रतिस्पर्धाको रुपमा लामो समयदेखि पछाडी परेका बर्ग समूहलाई अग्रस्थानमा ल्याउन संविधानमा सबै जाती र वर्गको सहयोगमा दलित अधिकार स्थापनाको लागि संविधानले व्यवस्था गरेकाले अधिकार कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा काँग्रेस सभापति जगदिश्वरनरसिंह केसीले नुवाकोटमा दलित अधिकार स्थापना र राजनीतिक हक सुनिश्चित गर्नको लागि अन्य पार्टी भन्दा काँग्रेसले प्रथामिकता दिदै आएको दाबी गर्नुभयो ।
यस्तै, पूर्व सभापति धुव्र अधिकारीले पिछडिएका बर्ग समूहको नाममा अधिकार प्रदान गरेपनि कार्यान्वयनमा देखिएको चुनौतीको लागि सङ्घर्ष गर्नुपर्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा दलित अधिकारकर्मीहरुको रुपमा सङ्घर्ष गर्दै आउनुभएका भोजबहादुर नेपाली, सिता मिजार, डिबी परियारले कानुन भन्दा पनि कथित उपल्लो जातीका वर्गको सोचाई र व्यवहारमा परिवर्तनको आवश्यकता रहेको बताउनुभयो ।
जनप्रतिनिधि सम्मान आयोजित कार्यक्रममा काँग्रेस जिल्ला सचिव सुरेन्द्र अधिकारी, युवा नेता रमेशकुमार महत सहित काँग्रेस जिल्ला पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेता एंव दलित नेताहरुले जातीय राजनीतिको नारा भन्दा पनि संबिधानले प्रत्याभूती गरेको अधिकार कार्यान्वयन गरे सम्मानताको पहुँचमा सबै बर्ग स्थापित हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङ सहित निर्वाचित पदाधिकारीहरु र स्थानीय तहमा नेपाली काँग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।