एउटा दुर्घटनामा घाइते भएर उपचारका लागि लैजादै गर्दा अर्को दुर्घटनामा मृत्यु

696
views

चन्द्रपुर, २६ भदौ । रौतहटको चन्द्रपुरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सर्लाहीको हरिऔनबाट दुर्घटनाका घाइते लिएर उपचारका लागि चितवनको भरतपुरतर्फ लिएर आउँदै गरेको ज१च १४९१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ६६ वर्षीया बिरामी पार्वती भुजेलको मृत्यु भएको हो ।
चन्द्रपुर नगरपालिका–२ स्थित शहिद पार्क नजिकै लोकमार्गमा रोकिराखिएको ना१क ६९०१ नम्बरको ट्रकमा एम्बुलेन्स ठोक्किँदा दुर्घटना भएको हो ।
हरिऔनमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी भुजेलको अर्को दुर्घटनामा मृत्यु भएको हो ।
दुर्घटनामा चालक प्रेमकुमार कार्कीसहित तुलसा भुजेल र सुभद्रा श्रेष्ठ घाइते भएका छन् । उनीहरुमध्ये कार्कीको अवस्था गम्भीर रहेको छ ।
उनीहरुलाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।