रेडियो शैलुङ दोलखाको १० औ वार्षिक उत्सव सकियो

1262
views

असोज, २ चरिकोट । शैलुङ्ग सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो शैलुङ्ग सामुदायिक एफ एम ९२.७ मेगाहर्जको १० औँ बार्षिक उत्सव शनिबार चरिकोटमा सम्पन्न भएको छ ।
बिगत १० बर्ष देखि मध्य पुर्वको जिल्लामा सामुदायिक रेडियोको माध्यमबाट आम स्रोताको मन जित्न सफल रेडियो शैलुङको पुर्व संस्कृती, पर्यटन तथा नागरिक उडयान मन्त्री आनन्द प्रसाद पोखरेलले उदघाटन गर्नु भएको थियो । वाषिक उत्सवको उदघाटन गर्नुहुँदै पुर्वमन्त्री पोखरेलले रेडियो अहिले संचारको महत्वपूर्ण माध्यम भएको हुँदा सहि सुचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
रेडियोले १० औँ वार्षिक उत्सवको अवसरमा नियमित रेडियो सुन्दै आउनुभएका २० जना जेष्ठ नागरिकलाइ रेडियो वितरण गरेको छ । त्यसै गरी रेडियोमा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट कर्मचारी सम्मानबाट समचार वाचिक लाक्पा शेर्पा र प्राविधिक शंकर तामाङलाई नगद सहित सम्मान पत्रद्धारा सम्मान गरेको छ । त्यस्तै रेडियोमा लामो समय सम्म काम गरि हाल बिभिन्न क्षेत्रमा रहेको २० जना पुर्व कर्मचारीलाई सम्मान गरेको छ ।
रेडियो सञ्चालक समितिका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको समारोहमा नवनिर्वाचित जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, उपप्रमुख मनमाया जिरेल सहित ९ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई सम्मान पत्रले सम्मान गरीएको थियो ।
दोलखा जिल्लाका क्रियाशील सामुदायिक संस्थाहरु, विकासप्रेमी तथा सर्वसाधारण जनताको पहल र सामुदायिक लगानीमा २०६५ साल असार २९ भानु जयन्तीका दिनबाट परिक्षण प्रशारण शुरु गरेको रेडियो शैलुङ्ग हाल दैनिक १८ घण्टा नियमित प्रसारण हुँदै अई रहेको छ । अहिले नियमित रुपमा तमाङ, सुनुवार, शेर्पा, जिरेल, थामी भाषामा समचार प्रशारण गर्नुका साथै दैनिक १२ वटा समाचार बुलेटीन प्रशारण गर्दै आएको छ । रेडियोले बालबालिका देखि ज्येष्ठ नागरिकलाई समेत समेट्दै कार्यक्रम उत्पादनका साथै प्रशारण गर्दै आएको छ ।
२०६५ साल भाद्र ३१ गते तत्कालिन संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले रेडियो शैलुङ्गको औपचारिक उद्घाटन गर्नुभएको थियो ।