लम्जुङमा विप्लवको जग्गा आतंक, अधिकारीको जग्गा कब्जा (विज्ञप्ति सहित)

2093
views

लम्जुङ, २, असाेज । नेकपा गठित जनपरिषदले मध्यनेपाल नगरपालिका–४ का एक व्यक्तिको जग्गा कब्जा गरेको घोषणा गरेको छ । (साविक रम्घा–७), स्थित बगैचा स्थानका लेखनाथ अधिकारीको जग्गा सार्वजनिक भएको भन्दै नेकपा गठित जनपरिषदले कब्जा गरेको जनाएकाे छ ।
आइतबार एक प्रेस विज्ञप्तिमार्फत परिषदले जग्गा कब्जा गरेको जनाएको छ । लेखनाथ अधिकारीले आफू तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य, जिल्ला पञ्चायत सभापति हुँदा शक्तिकोे चरम दुरुपयोग गरेको जनपरिषदले आरोप लगाएको छ ।
त्यस क्षेत्रको करिब ४२ रोपनी क्षेत्रफल जग्गाको स्वमित्व आफू र एकाघरका सदस्यहरुको नाममा अवैधानिक तवरबाट दर्ता कायम गरेको भन्दै जनसत्ताले सो जग्गा कब्जा गरेको जनाएको छ । जनपरिषदले सार्वजनिक जग्गा भन्दै उक्त जग्गामा केही पनि नगर्न चेतावनी दिएको छ ।
विज्ञप्ती
लम्जुङमा हस्त लिखित विज्ञप्ती प्रकाशित गर्दै नेकपाले जग्गा कब्जा गरेको सार्वजनिक गरेको हो । विज्ञप्ती सामाजिक कार्यत्रका नाउँमा केही जग्गा सार्वजनिक भवनलाई हस्तान्तरण भनिएपनि अरु जग्गा व्यक्तिकै नाउँमा रहेकोले उक्त जग्गा नकेपा लम्जुङ जनसत्ताद्वारा कब्जा भएकोले खरीद विक्रि गर्न नगराउन अनुरोध गरिएको छ ।