धन सङ मन मिल्नु,कस्तो मिल्ती भयो ?

2228
views

गीत

–सानू शीतल
धन सङ मन मिल्नु,कस्तो मिल्ती भयो ?
निष्ठुरीलाई माया गर्नु, कस्तो गल्ती भयो ?

चोखो माया केही हैन रे,
मनको माया बदर भयो ।
हिरामोती सुनै ठूलो रे,
धनकै माया सदर भयो ।।

माया पनि बिक्री हुने, कस्तो चल्ती आयो ?
निष्ठुरीलाई माया गर्नु, कस्तो गल्ती भयो ?

घाम तातो जुन भन्दा नि,
घाम भन्दा जुन टाढा भयो ।
मन्को चोखो माया भन्दा नि,
धनको माया गाढा भयो ।।

उन्कै पछि लाग्दा मेरो, रित्तो खल्ती भयो !
निष्ठुरीलाई माया गर्नु, कस्तो गल्ती भयो ?

धन सङ मन मिल्ने, कस्तो मिल्ती भयो ?
निष्ठुरीलाई माया गर्नु, कस्तो गल्ती भयो ?

ऋषिङ पाटन, तनहुँ, हालः मरुभूमिबाट ।