मेक्सिकोमा ७.१ म्याग्नीच्युडको भूकम्पः ठूलो क्षतिको आशंका

1800
views

असोज ४ गते । मध्य मेक्सिकोमा ठूलो भूइँचालो आउँदा कम्तीमा १०० जनाको ज्यान गएको र राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ ।
उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन् । उनीहरुले मृत्यु हुनेको संख्या बढ्ने बताएका छन् । ७.१ म्याग्नीच्यूडको भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको हो ।
३२ वर्ष अघि आएको ठूलो भूकम्पले हजारौं मारिएको वार्षिकोत्सवका दिन थुप्रै मानिसहरु भूकम्प आउँदा बच्ने उपायको पूर्वाभ्यास गरिरहेका बेला भूकम्प गएको थियो ।
मेक्सिको सिटीको विमानस्थल केही समयका लागि बन्द गरिएको थियो र शहरभरका घरहरु खाली गराइएका थिए ।
मेक्सिको भूकम्पको खतरामा रहेको मुलुक हो। यो महिनाको शुरुमा दक्षिणतिर ८.१ म्याग्नीच्यूडको भूकम्प आउँदा नब्बेजना मारिएका थिए । सबभन्दा पछिल्लो भूकम्पको केन्द्रबिन्दु मेक्सिको सिटीबाट १२० किलोमिटर टाढाको प्युब्ला राज्यको एटेन्सिङ्गो रहेको छ। विविसी