गुप्तेश्वर बहुमुखी क्याम्पसमा दिप प्रज्वलन

645
views

सन्दिप पाठक
पर्वत, ४ असोज । संविधान दिवसको अवसरमा नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसले दिप प्रज्वलन गरेको छ । आयोजित दिप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिम प्रसाद भुसालले मुलुकको संविधान उत्कृष्ठ भएको बताउनुभयो ।
भुसालले दलहरुको लामो कसरत पछि संविधान लागू भएको तर त्यसको कार्यान्वयनको पक्षमा गईरहेको बताउनुभयो ।
कार्यक्रममा ने.वि.संघा पूर्व केन्द्रीय सदस्य एंव महाधिवेशन प्रतिनिधि तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नेपालमा संविजधान लागू भैसकोको र उक्त संविधान कार्यान्वयनको पक्षमा रहेकोले आम नेपालीले संविधान दिवसलाई मुख्य चाडको रुपमा मनाउनुपर्ने बताउनुभयो ।
गुप्तेश्वर बहुुखी क्याम्पसका ईकाई अध्यक्ष शिशिर शर्मा पौडेलको सभापतित्वमा भएको दिप प्रज्वलन कार्यक्रमको स्वागत स्ववियू सभापति शिशिर क्षेत्री र सञ्चालन अमृत प्रसाद पोख्रेलले गर्नुभएको थियो ।