ट्रम्पले गरेको भाषणका लागि महँगो मूल्य चुकाउनुपर्ने कोरियाली नेता किम जोनको चेतावनी

2015
views

असोज, ६ ।  उत्तर कोरियाका नेता किम जोन उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थहीन भाषणले उत्तर कोरियाका लागि हतियार विकास गर्नु आफ्नो अधिकार रहेको पुष्टी भएको वताएका छन राष्ट्रिय सञ्चारमाध्यमलाई सम्बोधन गर्दै उनलेराष्ट्रसंघमा ट्रम्पले गरेको भाषणकै लागि निकै महँगो मूल्य चुकाउनुपर्ने चेतावनी  समेत दिए ।आफ्नो मिशनमा आफू अडिग रहेको भन्दै नेता किमले अमेरिकी धम्कीले आफू नतर्सने र नरोकिने प्रष्ट पारे ।

आफू र आफ्नो देशलाई अपमान गरेको भन्दै ट्रम्पलाई आफ्नो बोलीको मूल्य चुकाउन तयार रहन किमले चेतावनी दिएका हुन् ।किमलाई ‘रकेटम्यान’को संज्ञा दिँदै ट्रम्पले किम आत्महत्याको मार्गमा रहेको टिप्पणी गरेका थिए ।दुई देशबीचको सम्बन्ध अत्यन्त तिक्त बन्दै गएका बेला दुई नेताको जुहारी पनि चर्किदै गएको हो । विश्वभरको आग्रह, चेतावनीकै बीच पनि उत्तर कोरियाले बारम्बार लामा तथा छोटा दूरीका मिसाइल परीक्षण गरिरहेको छ ।