छात्राबास अगाडिको पोखरीमा डुबेर बालकको मृत्यु

2118
views

पाल्पा, ८ असोज । पाल्पा तानसेन नगरपालिका ५ बतासेडाँडामा पोखरीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ । तानसेन नगरपालिका ११ बन्दीपोखराको जुकिया निवासी खेमबहादुर विकको १३ वर्षीय छोरा मनिष विकको मृत्यु भएको हो ।

उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक चन्द्रकुमार थापाले जानकारी दिए । त्रिभुवन वहुमुखी क्याम्पस पाल्पाको छात्राबास अगाडि रहेको पोखरीमा पौडी खेल्ने क्रममा विहान करीव ११ बजे मानिस डुबेका थिए ।