नेपाल बैंकमा पैसा साट्नेको भिड, कर्मचारीको ढिला सुस्ती

2227
views

महेन्द्र जिसी
पर्वत, ८ असोज । दुईदिनदेखी लाईनमा बस्दापनि कर्मचारीको ढिलासुस्तीका कारण पैसा पाउन कठिन भएको सेवाग्राहीको आरोप छ । बैंकमा पैसा सटही गर्ने निकै भिड लागेको छ । बैंकमा असार मसान्त र दशैमा सेवाग्राहीहरुले सास्ती झेल्नुपरेको हो । विहान पाँचबजे देखी नै सेवा ग्रहीहरुको भिड लाग्ने गरेको बैंकले जनाएके छ । बै.कको शाखा विस्तार नहुनु र सेवाग्राहीको चाप बढदै जानुले पनि असर पारेको छ । बैंकमा आवश्यक कर्मचारीको समेत अभाव छ । सेवाग्राही शिव शर्माले उज्यालो भएदेखी लाईनमा बसेपनि पालो नआउदा दुईदिन लगाएर बैंङकिङ कारोवार गरेको सुनाए ।
कर्मचारीको तलव लिन आएका फलेवास नगरपालिका ३ का गणेह बहादुर थापाले घण्टौ लाईनमा बसेपछि पालो आएको बताए ।