माओवादीको संघर्षले मात्र कर्णाली प्रदेश बनेको हो–प्रचण्ड

1986
views

असाेज ८, जुम्ला । माअाेवादी केन्द्रकाअध्यक्ष प्रचण्डले माअाेवादीकाे दवाव र सङ्घर्षले मात्र कर्णाली प्रदेश बनेको बताउनु भएकाे छ ।
अाइतबार दिउँसाे जुम्लाकाे सिन्जा उपत्यकामा अायाेजित जनसभामा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “हामी १४ वा १० प्रदेशकाे पक्षमा थियौं, कांग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खाेज्दै थिए । तर, हामीले सङ्घर्ष गरेर सात प्रदेश बनायौं । कर्णालीलाई नयाँ प्रदेश बनाउनुपर्ने हाम्राे निरन्तरकाे दवाव र सङ्घर्षले मात्र अहिलेकाे ६ नम्वर प्रदेश बनेकाे हाे ।”
“जुम्ला र खासगरी सिन्जा उपत्यका खस भाषा र खस सभ्यताकाे केन्द्र हाे” अध्यक्ष प्रचण्डले भन्नुभयाे, “म प्रधानमन्त्री भएकाे बेला खस भाषा र संस्कृतिकाे अध्ययन, अनुसन्धान र विश्व स्तरमा चिनाउने उद्धेश्यले खस भाषा, संस्कृति प्रतिष्ठान बनाउन खाेजिएकाे थियाे । काम अघि बढेकाे छ । तर, साेचेजति प्रगति भएकाे छैन । खस भाषा र संस्कृतिकाे उत्थान र विकासका लागि खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन मेराे पुरै पहल हुनेछ, जुम्लालाई विश्वमा चिनाउन मेराे साथ हुनेछ ।” कर्णालीकाे विकास माअाेवादीकाे प्राथमिकतामा भएकाे प्रचण्डले बताउनु भयाे । उहाँले भन्नुभयाे, “कर्णाली विकास अायाेग हामीले नै बनायौं, कर्णाली प्रदेश हामीले नै बनायौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले नै बनायौं । नाग्चे लाग्ना नाका खाेल्न चीनसँग कुटनीतिक पहल गरिरहेकाे छु । नाग्मा गम्गडी सडक कालाेपत्रे गरिनेछ । कर्णालीकाे स्वास्थ्य, शिक्षा र राेजगारीलाई प्राथमिकतामा राखिनेछ ।”

७५० कार्यकर्ता माअाेवादी केन्द्र प्रवेश
कार्यक्रममा जुल्लाका लाेकप्रिय नेता पूर्णप्रसाद धितालकाे नेतृत्वमा ७५० जना कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् । धितालले स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारकाे रुपमा लडेर लाेकप्रिय मतसहित दाेस्राे स्थान हासिल गरेका थिए । उनकाे नेतृत्वमा ७५० कार्यकर्ता प्रवेशले जुम्लामा माअाेवादी जीतलाई सहज बनाएकाे छ । धिताललाई माअाेवादीले प्रदेश सभाकाे उम्मेद्वार बनाउने घाेषणा समेत गरेकाे छ ।