क्रान्तिकारी माओवादीको देजमोद्वारा प्रदेश र संसदीय चुनाव उपयोग गर्ने निर्णय

1837
views

काठमाडौं । नेकपा ९क्रान्तिकारी माओवादी० को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आगामी मंसिरमा हुने प्रदेश र संसदीय निर्वाचनको उपयोग गर्ने भएको छ ।
मोर्चाको यही असोज ५ गते बसेको बैठकले प्रतिक्रियावादी व्यवस्थाको अन्त्य गर्नका लागि अहिलेका पश्चगामी राजनीतिक शक्तिहरुको अझै भण्डाफोर गर्न आवश्यक रहेको र यसका विरुछ संघर्ष गर्न जनताको शक्ति सञ्चय गर्न आवश्यक रहेको भन्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको हो ।
मोर्चाले नेपाली राजनीतिमा यतिखेर प्रतिक्रान्तिले एउटा चरण पुरा गरेको र प्रतिकृयावादी शक्तिहरु हावी देखिएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचन गरिसक्दा नसक्दै तिनीहरुको असली चरित्रको भण्डाफोर पनि सँगसँगै हुँदै गइरहेको उल्लेख गरेको छ ।
मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यो पश्चगामी संविधानलाई खारेज गराउन र यो प्रतिकृयावादी व्यवस्थाको अन्त गर्नका लागि यिनीहरुको अझ भण्डाफोर गर्नु र यसका बिरुद्ध संघर्ष गर्न जनताको शक्ति संचय गर्नु आवश्यक छ भन्ने बैठकले महशुस गरेको छ । यसका निमित्त दुई चरणमा गर्ने भनी घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय गरिएको छ ।’
मोर्चाले निर्वाचनमा भाग लिएपनि काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासँग तालमेल नगर्ने र समान विचार राख्ने अन्य पार्टी र संगठनहरुसँग एकता र तालमेल गर्ने नीति लिएको छ । ती राजनीतिक पार्टीहरुलाई मोर्चाले प्रतिक्रियावादी शक्तिका रुपमा उल्लेख गरेको छ ।
देजमोले निर्वाचनलाई उपयोग गर्दै क्रान्तिकारी हस्तक्षेपलाई अघि बढाउने र जनताको शक्ति संचय गर्न यो अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउँन आम क्रान्तिकारी जनसमुदायहरुमा जोडदार अपिल गरेको छ । मोर्चाले मुठ्ठी चुनाव चिह्न पाएको छ ।