सप्तरीका १७ तहमा माओवादी निल

2144
views

सप्तरी । सप्तरीका १८ मध्ये १७ तहको परिणाम आँउदा माओवादी केन्द्र ‘शून्य’ भएको छ । सप्तरीमा संघीय समाजवादी फोरमले ६, नेपाली कांग्रेसले ५, राजपाले ४ र नेकपा एमालेले २ स्थानीय तहमा विजय हासिल गरेको छ ।
१) सप्तरीको सप्तकोसी नगरपालिका प्रमुखमा नेकपा एमालेका उत्तमकुमार शर्मा र उपप्रमुखमा आशा चौधरी निर्वा्चित भएका छन् ।
२) अग्रिसाइर कृष्णासवरन गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका परशुराम चौधरीले ३३९५ मत ल्याएर विजयी भएका छन् । यस्तै उपाध्यक्षमा सोही दलबाट मीना चौधरी २९४८ मत ल्याएर विजयी भएकी छिन् ।
३) कञ्चनरुप नगरपालिका प्रमुखमा नेकपा एमालेका बसन्तकुमार मिश्र ५०४२ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका तर्फबाट ४७५८ मत ल्याएर विजयी भएकी छिन् ।
४) खडक नगरपालिकामा संघीय समाजवादी फोरमका हेमायु हक ३१२८ मत ल्याएर प्रमुख पदमा निर्वा्चित भएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका यसमिन सुलतान खातुन ३२३७ मत ल्याएर विजयी भएकी छिन् ।
५) डाक्नेश्वरी नगरपालिका प्रमुखमा राजपाका शिवनारायण साह ३८८० मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा पनि सोही दलबाट इन्दुदेवी यादवले ३८५६ मत ल्याएर विजयी भएकी छिन् ।
६) तिरहुत गाँउपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका हेमन्तकुमार बहङखेर २९४२ मत ल्याएर विजयी भएका छन् । यस्तै उपप्रमुखमा २७४० मत ल्याएर तीर्थमाया मण्डल खत्वे विजयी भएकी छिन् ।
७) बोदे बरसाइन नगरपालिका प्रमुखमा संघीय समाजवादी फोरमका आतेशकुमार सिंह ४५४७ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा ३७२१ मत ल्याएर रञ्जुकुमारी साह तेली विजयी भएकी छिन् ।
८) राजविराज नगरपालिकामा मतगणना जारी छ ।
९) सुरुङ्गा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका मुक्तिनाथ चौधरी विजयी भएका छन् । उनले ५२७९ मत ल्याएका छन् भने उपप्रमुखमा ५०३६ मत ल्याएर सोही दलबाट विन्दाकुमारी पासवान विजयी भएकी छिन् ।
१०) हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा राजपाका शैलेशकुमार साह ५७२० मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा सोही दलबाट ५४१७ मत ल्याएर सरितादेवी यादव सिपालिया विजयी भएकी छिन् ।
११) यस्तै छिन्नमस्ता गाँउपालिकामा संघीय समाजवादी फोरमका सूर्यनारायण मण्डल अमात विजयी भएका छन् भने उपप्रमुखमा राजपाकी उषाकुमारी मण्डल निर्वा्चित भएकी छिन् ।
१२) तिलाठी कोइलाडी गाँउपालिका अध्यक्षमा राजपाका सतिशकुमार सिंह २९८७ मत ल्याएर निर्वा्चित भएका छन् भने उपाध्यक्षमा सुचिताकुमारी यादव २९९६ मत ल्याएका छन् ।
१३) महादेवा गाँउपालिकामा संघीय समाजवादी फोरमका दपिककुमार यादव ३०९१ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा २७८९ मत ल्याएर ममताकुमारी यादव निर्वा्चित भएकी छिन् ।
१४) रुपनी गाँउपालिका अध्यक्षमा ४०६८ मत ल्याएर हरेराम यादव निर्वा्चित भएका छन् भने ३९३६ मत ल्याएर बेचनीकुमारी सरदार विजयी भएकी छिन् ।
१५) बेल्ही चपेना गाँउपालिका अध्यक्षमा ३५४५ मत ल्याएर नेपाली कांग्रेसका परमानन्द यादव विजयी भएका छन् भने ३४५५ मत ल्याएर उपाध्यक्षमा पुष्पाकुमारी मण्डल निर्वा्चित भएकी छिन् ।
१६) बलान बिहुल गाँउपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका दयानन्द गोइतले २२३८ मत ल्याएर निर्वा्चित भएका छन् भने १८०२ मत ल्याएर रुवी गुप्ता निर्वा्चित भएकी छिन् ।
१७) विष्णुपुर गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका लिलाम्बर यादव २१२४ मत ल्याएर निर्वा्चित भएका छन् भने उपाध्यक्षमा जञ्जिरासदेवी यादव २०७८ मत ल्याएर विजयी भएकी छिन् ।
१८) शम्भुनाथ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका योगेन्द्रप्रसाद चौधरी २७७८ मत ल्याएर विजयी भएकी छिन् भने उपप्रमुखमा २६०६ मत ल्याएर कविताकुमारी सरदार विजयी भएकी छिन् ।