“मेरो देशको गौरव र स्वाभिमान“

11769
views

-कथा-
लेखक –राज कुमार श्रेष्ठ
म भोक र प्यासको तृष्णा सहन सक्छु , तर तिरस्कार सहन्न अनि आगो सहन्छु तर अन्याय सहन सक्दिन । कोहि सग एक टुक्रा मागेको धोतिले मेरो लाज छोपिदैन र खोसेको रोटीले मेरो पेट पनि भरिन्दैन, हो कदापी भरिन्दैन । यो देश मेरो देश, स्वतन्त्रता पुर्बक निर्धक्क्क भएर बाच्नु पाउनु पर्छ, गरि खानु पाउनु पर्छ म र मेरो परिवार अनि मेरो देशको लागि । बाच्नको लागि कर्म गर्ने यी दुई हात र खुट्टाहरु रहुन्जेल कसैको आशमासास धान्ने पनि छुइन । किनभने म एक पौरखि, स्वभिमानी नेपाली हु र मेरो जन्म भूमी नेपाल प्रती गौरब गर्छु । मेरा यी दुई पाखुराहरु चलाउदा आएको पसिनाले मेरै देशको माटोमा भिजाउन चाहन्छु । यहि देशको माटोमा परिश्रम गरेर अरुलाइ पनि काम गरि खाने सहि बाटो देखाएर बाच्ने एक स्वाभिमान नेपाली हु । देशको बिरुद्धमा धावा बोल्ने र देशद्रोह गरि देश टुक्राउन खोज्ने जो कोहि लाइ एक रति पनि छोड्नु हुन्न ताकी एक मुट्ठी प्राण रहुन्जेल सम्म । हामी सबै नेपाली दाजु भाइ, दिदिबहिनीहरुले देशको लागि मरिमेट्नु पर्दछ । हो, आज मेरो देशको राष्ट्रियता र स्वाभिमानमा दाग लाग्दै गइरहेको छ । दिन दिनै देश बिकराल स्थितिबाट गुज्रिन्दै बिस्तारै बिस्तारै पछाडि सर्दै गइरहेको छ । देश र समाजको भाबी दिनहरु धमिलिदै गइरहेको छ । हाम्रा भाबी सन्तती हरुले अझै के कस्तो दिन र दुर दशाहरु भोग्दै सामना गर्नु पर्ने हो …..? कसैलाइ केही थाहा छैन । त्यसैले चाहन्छु, आकाशमा सुर्य र चन्द्र रहुन्जेल मेरो देशको राष्ट्रियता, गौरब र स्वाभिमानमा कतै बाट कुनै प्रकारको आच नआओस । अझै पनि देशको गाउँ गाउँ र बस्ती बस्ती बाट उठ्नु पर्छ , जुट्नु पर्छ । शहर, सदरमुकाम र ससद बाट पनि उठ्नु पर्छ । हो, पहाड झुक्नु पर्छ …..आधी रोक्नु पर्छ ….अनि हामी सारा युवा जन शक्ति जुटे पछि काडा पनि फुल्नु पर्छ ….. ।

प्राण भन्दा प्यारो देश, मेरो जन्मभूमी नेपाल,देवी देवताहरुको तपोभूमी, ज्ञान भूमी हो । किनभने यहि नेपाली भूमीमा भगवान शिवले सृष्टिको पहिलो बिहानी ल्याएका हुन । अनि पटक पटक विभिन्न अवतारहरु लिएर जन्मनु भइ जल क्रिडा र बन बिहार गरि नेपालकै पबित्र भूमिमा बासस्थान भएको धर्म शास्त्र हरुमा उल्लेख भएको पाइन्छ । शिबजीलाई शंकर, महादेब, भोले बाबाको नामले पनि चिनिन्छ । किराँती हरुले शिवजी लाई पारुहाङको नामले चिन्छ्न र पुजा आजा गर्छन । शिवजी नेपालको राष्ट्रिय देवता हुन । यसै गरि शान्तिका दुत, महामानब गौतम बुद्ध पबित्र भूमी नेपालको लुम्बिनी अञ्चलमा पर्ने कपिल बस्तु जिल्लाको तिलौराकोटमा जन्मिनु भएको हो ।

गौतम बुद्धले ज्ञान प्राप्त गर्नु भएको ज्ञानको पहिलो मुहान यहि नेपाल हो । सारा बिश्वले उनी लाई एशियाको लाइट मात्रै नभएर बिश्वकै लाइट भनेर चिन्छन । गौतम बुद्धको भौतिक शरीर आज हामी माझ नभए पनि उहाको दिब्य अर्ति, उपदेशको प्रभाबले सन्सार भर उज्यालो प्रकाशको रुपमा काम गरेको छ । हो, त्यही दिब्य उपदेश रुपी उज्यालो प्रकाशको प्रभाबले आज पनि मेरो देश मात्रै हैन सारा जगत जगमगाइरहेको छ । त्यसैले, प्रत्येक साल गौतम बुद्धको दर्शन गर्न र महिमा गाउन देश बिदेश देखि बौद्ध धर्मका अनुयायी हरु हाम्रो यो पवित्र जन्म भूमी नेपालमा आउने गर्छ्न । हो, मेरो देश नेपालको बिशेष पहिचान भगवान महादेव र महामानब गौतम बुद्धसग जोडिएको छ ।
मेरो प्यारो देश नेपाल, प्राकृतिक विविधताले भरिएको सौन्दर्य सम्पन्न देश हो । मेरो देशमा के कुराको कमि छ र ? प्राकृतिक साधन, स्रोत, परिश्रमी जनता, र सृजनशील जनशक्ति । बिश्वले मन पराएको मेरो देश नेपाल । भारतमा बृटिसहरुले शासन गरिरहदा नेपालको सुन्दरता र सम्पतीहरु जस्तै, हरियो बन जङ्गल, टलक्क टल्किने हिमालहरु, नदि नाला र ताल तलैयाहरुलाई समेत आँखा लगाएर नेपाललाइ पनि आफनो कब्जामा लिन खोजेका थिए । वीर बलभद्र कुवर, भक्ती थापा र अमर सिंह थापा जस्ता वीर बिरङाना, योद्धाहरुले आफनो मातृभूमी, राष्ट्रियता र स्वाभिमान बचाउको लागि अंग्रेजÞहरु बिरुद्ध लडेका थिए । बिश्व सम्पदा सुचीमा परेको मेरो देशको स्रोतहरु जस्तै, राष्ट्रिय विभुति महामानब गौतम बुद्धको जन्मस्थल लुम्बिनी, काठमाडौको बौद्ध स्तूपा, धरहरा आदि आदि । अझ पोखरामा मनमोहक ठाउहरु जस्तै, डेभिड फल्स, महेन्द्र गुफा, फेवाताल, रुपा ताल, चितवन र बर्दियाको राष्ट्रिय निकुञ्ज झापाको चियाबारी र दोमुखा, इलामको चियाबारी र श्री अन्तु डाडा जहाँ सुर्य नजिकै बाट उदाएको देख्न सकिन्छ, ती ठाउँहरु मेरो देशका गौरब र सम्पतीहरु हुन । श्री अन्तु डाडा, जहाबाट झुल्केघाम हेर्न, फोटो र भिडियो खिचेर आनन्द प्राप्त गर्न बिहान तीन बजे राती देखि नै पर्यटकहरुको भिड लाग्ने गर्द्छ । तेति मात्रै कहाँ होर ?

बिहानी पख सुर्यको रातो डल्लोलाइ दुई हत्केलाको बिचमा राखेर उल्टाइ पल्टाइ गर्दै हेर्ने र खेलाउने हरुको उतिकै भिड लाग्ने गरेको देख्न सकिन्छ । त्यसैले भन्न सक्छु, स्वर्ग खोज्न अन्त काहीँ जानू पर्दैन । स्वर्ग मेरै देशमा छ, पुर्ब मेचि देखि पश्चिम महाकाली र दक्षिणी समथर भु ( भाग देखि लिएर उतरमा हिमाल पारी सम्मको मेरो देश नेपाल, स्वर्गको एक टुक्रा भूमि हो । म स्वर्ग त्यही पाउछु , जहाँ मेरो देश छ …………… बाकी अर्को अंशमा ।