म्यादी प्रहरीमा भर्ना खुल्यो, असोज ३० गतेसम्म आवेदन दिन सकिने

1989
views

काठमाडौं, असोज २४ । सरकारले प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि ९८ हजार २६८ जना म्यादी प्रहरीको लागि भर्ना आवेदन खुलाएको छ ।
मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो ।
इच्छुक र योग्यता पुगेका व्यक्तिले आजदेखि यही ३० गतेसम्म आवेदन दिन सक्ने छन् । काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्ने विभागले जनाएको छ ।
म्यादी प्रहरीका लागि १८ वर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ५५ दिनका लागि नियुक्त गरिने उनीहरुले आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने व्यवस्था छ । भुतपूर्व म्यादीका लागि पनि भर्नाबाटै छनौट गर्ने जनाइएको छ ।