एमाले नेता साहको घाँटी रेटेर हत्या

2173
views

सिरहाः सिरहामा नेकपा एमालेका एक स्थाानीय नेताको गएराति घाँटी रेटर हत्या गरिएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ बर्षीय शशिभूषण साहको हत्या भएको प्रहरीले जनाएको छ । साहको अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।
कर्जन्हा नगरपालिका १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित साहको सोमबार मध्यरातमा हत्या भएको स्थानीयले बताएका छन् ।
उनको हत्याका बारेमा एमाले नेता जगदिश महतोले भने– ‘घटना स्थल हेर्दा मुर्छित हुने अवस्था छ, पुरै घर रक्ताम्मे बनेको छ ।’ हत्या कसले र किन गरेको विषयमा अझै खुल्न सकेका छैन् । साहको शव अहिले पोष्टमार्टमका लागि लहान लगिएको छ ।