अफ्रिकी क्षेत्रको शक्तिशाली टोलि ईजिप्ट २८ वर्षपछि विश्वकपमा छनौट

2150
views

कायरो २४ असोज । २८ बर्ष पछि अफ्रिकी क्षेत्रको शक्तिशाली टोली इजिप्ट विश्वकप फुटबलमा छनोट भएको छ ।आइतबार राति खेलिएको खेलमा कंगोलाई २–० गोलले हराउँदै इजिप्ट सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकपमा छनोट भएको हो । यसअघि नाईजेरिया विश्वकपमा छनोट भइसकेको छ ।

अफ्रिकी क्षेत्रको समूह ‘ई’ अन्तर्गतको खेलमा इजिप्टका लागि दुवै गोल मोहमेद सलाहले गरेका थिए । खेलको ६३ औं मिनेटमा घरेलु टोली इजिप्टका लागि सलाहले पहिलो गोल गरेका थिए ।

८८औं मिनेटमा कंगोका आर्नोल्ड बुकाले जवाफी गोल गरेपछि खेल १र१ को बराबरीमा पुगेको थियो ।
सलाहले ईन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे यसै अगोलका कारण इजिप्ट विश्वकपमा छनोट भएको हो ।

पोल्यान्ड पनि विश्वकपमा
युरोप क्षेत्रबाट सन् २००६ पछि पोल्यान्डपनि विश्वकपमा छनोट भएको छ । उसले आइतबारकै राति भएको खेलमा मोन्टेनेग्रोलाई ४—२ गोलले हराएको थियो ।
समूह ‘ई’ को अन्य खेलमा रोमानियाले डेनमार्कलाई उसैको मैदानमा १ र १ गोलको बराबरीमा रोक्यो भने कजाकस्तान पनि आर्मेनियासँग आफ्नै मैदानमा १–१ को बराबरीमा रोकियो । समुहमा सहभागी ६ वटै टोलीले सबै खेल खेलिसक्दा पोल्यान्डले २५ अंकसहित रुसको यात्रा तय गरेको हो ।
२० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको डेनमार्क अन्तरमहादेशीय प्ले अफका लागि छनोट भयो भने मोन्टेनेग्रो, रोमानिया, आर्मेनिया र कजाकस्तान छनोट चरणबाटै बाहिरिए ।

समूह ‘सी’ को खेलमा साविक विजेता जर्मनीले घरेलु मैदानमा अजरबैजानलाई ५ र १ गोलले हरराएको थियो । सोही समूहको अन्य खेलमा चेक गणतन्त्रले सन मारिनोलाई ५–० र नर्वेले उत्तरी आयरल्यान्डलाई १–० गोलले घुँडा टेकाए । उक्त समूहबाट जर्मनी यसअघि नै विश्वकपमा छनोट भइसकेको छ ।
जर्मनीले अपराजित रहँदै ३० अंक बटुल्यो भने १९ अंकसहित दोस्रो स्थानमा रहेको उत्तरी आयरल्यान्ड अन्तरमहादेशीय प्ले अफका लागि छनोट भयो । समूह ‘एफ’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा इङ्ल्यान्ड पनि विजयी भयो ।
इङ्ल्यान्डले लिथुआनियालाई उसैको मैदानमा १–० गोलले हरायो । उक्त समूहबाट २६ अंकसहित इङ्ल्यान्ड विश्वकपमा छनोट भइसकेको छ । १८ अंकसहित दोस्रो स्थानमा रहेको स्लोभाकिया अन्तरमहादेशीय प्ले अफका लागि छनोट भयो ।