‘सरकार पुनर्गठन र चुनाव सार्ने काम नगरौं–रावल

1354
views

धनगढी, २४, असोज । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी चुनाव सार्ने काम एमालेलाई मान्य नहुने बताए ।

एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नं प्रदेशका सयोजक समेत रहेका रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न काँग्रेसलगायत दललाई सल्लाह दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रावलको नाम कैलाली क्षेत्र नं २ र अछाम क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएको छ । बैठकले ७ नं प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नामावली पनि केन्द्रमा सिफारिस गरेको छ ।