किम जोङ हत्याको योजना असफल, ट्रम्प विफल

767
views

नवदृष्टि संवाददाता
काठमाडौँ २५, असोज । उत्तर कोरियाका ह्याकरहरुले आफ्ना सर्वोच्च नेता किम जोङ उनको हत्या योजना कम्युटर ह्याक गरेर चोरी गरेका छन् । ह्याकरहरुले अति गोप्य उक्त योजना कब्जा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा बनेको हत्या योजना विफल भएको छ ।
दक्षिण कोरियाका एक सांसद री शियोलका अनुसार उनलाई मार्ने योजना चोरी भएको दक्षिणको रक्षा मन्त्रालयले स्वीकार गरेको छ । सो योजनाभित्रै दक्षिण कोरिया र अमेरिकाको साझा युद्ध नीति रहेको छ ।
ह्याक गरिएको उक्त दस्तावेजमा अमेरिकी तथा दक्षिण कोरियाको सैन्य कमाण्डरसँग जोडिएको गोप्य जानकारी समेत रहेको छ । त्यतिमात्रै नभएर अहिलेसम्म दक्षिण कोरियाले अमेरिकासँग गरेको सैन्य युद्ध अभ्यास र उसको आगामी नीति समेत दस्तावेजमा उल्लेख छ ।
चोरिएको उक्त डाटा २३५ जीबी रहेको छ । जसमा दक्षिण कोरियाको विशेष सैन्य दस्तावेज, पावर प्लान्ट तथा वृहत सैन्यको ठेगानाको बारेमा जानकारी दिइएको सासंद रीले दाबी गरेका छन् ।
यस्तै सैन्य डिफेन्स इन्टिग्रेटेडबाट चोरिउको उक्त डाटामा ८० प्रतिशत जानकारीको पहिचान हुन नसकेको बताइएको छ । विविसी